IME Life
Beema Board

मधेश प्रदेश कार्यालयद्वारा यातायात व्यवसायीसंग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले यातायात व्यवसायीसँग बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले असार २२ गते वीरगंज स्थित होटल कुमु प्यालेस, लिङ्करोड को सभाहलमा सम्पन्न गरेको हो ।

कार्यक्रमको सभापतित्व प्रादेशिक कार्यालयका प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा यातायात व्यवस्था कार्यालय वीरगंजका कार्यालय प्रमुख उमेश रेग्मी थिए भने विशेष अतिथिका रुपमा पर्सा नारायणी यातायात व्यवसायी संघका अध्यक्ष तथा वीरगंज महानगरपालिका वडा नं ४ का वडाध्यक्ष जगत प्रसाद साह कानु थिए ।

Prabhu
Crest

कार्यक्रममा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष मनोज कुमार दास, तराई यातायत व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष सुहैल अख्तर अंसारी, नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष बिनोद कुमार मानन्धर, र पुष्कर महतको उपस्थिति थियो ।

कार्यक्रमको सञ्चालन बीमा समितिका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए भने स्वागत मन्तव्य सहायक निर्देशक अनिश तिमिल्सिनाले दिएका हुन् । यातायत व्यवसायीहरु, विभिन्न निर्जीवन बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु सहभागी थिए। ५० भन्दा बढिको सहभागिता रहेको थियो । बीमा र बीमा प्राधिकरणको बारेमा नेपाल बीमा प्राधिकरणका वीरगंज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण दिएकी थिइन् ।

प्रस्तुतिकरणको कार्यक्रम पश्चात यातायात व्यवसायीहरुले दावी भुक्तानीमा ढिलाई भएको कारणले बीमा प्रतिको विश्वसनियता घट्दै गएको कुरा राखेका थिए । कार्यक्रमका सहभागिहरुले हाल भएका बीमालेखले आफ्नो आवश्यकता अनुसारको जोखिम रक्षावरण नभएको भन्दै आगामी दिनमा यातायात व्यवसायीको माग सम्बोधन हुने किसिमको बीमालेख तयार गरिदिन अनुरोध गरेका थिए । त्यसै गरी केही व्यवसायीहरुले तेश्रो पक्ष प्रति सृजना हुने दायित्वमा कुनै ह्रासकट्टी नगरी दावी भुक्तानी गर्ने व्यवस्था रहेतापनि हाल सम्म त्यस्ता दावी रकम प्राप्त गर्दा विभिन्न शिर्षकहरुमा रकम कटाई भुक्तानी पाउने गरेको गुनासो राखेका थिए।

साथै, हालको मोटर बीमा सम्बन्धी निर्देशिकामा तेश्रो पक्ष सम्बन्धी भएको व्यवस्था जस्तैः कुरुवा खर्च, औषधी उपचार खर्च, मृत्यू बापतको भुक्तानी अधिकतम, अङ्गभङ्ग भएमा बीमकले जोखिम बहन गर्ने समय सापेक्ष नभएको र सोको संसोधन यथासिघ्र गर्न अनुरोध गरेका थिए।

कार्यक्रममा उपस्थीत यातायात व्यवसायीहरुले आफूहरु बीमाशुल्क तिर्न तयार रहेको तर बीमा बजारमा तेश्रो पक्षको अनिश्चित दायित्वको जोखिम सुरक्षण हुने बीमालेख तयार गर्न बीमक र बीमा प्राधिकरणलाई अनुरोध गरेका थिए। त्यस्तै गरी अधिकांश सवारी दुर्घटनामा आफ्नो गल्ती नहुँदा पनि आफूहरुले तेश्रो पक्षमा भएको क्षतीको क्षतीपूर्ति दिनु पर्ने अवस्था रहेको हुँदा सो सम्बन्धमा आवश्यक पहल गर्न अनुरोध गरेका थिए। केहि व्यवसायीहरुले बीमकले दावी प्रकृया सहज र सरल गर्नका लागि आग्रह गरेका थिए।

क्षती भएको सम्पत्तिको क्षती मूल्याङ्कनका लागि नियुक्त भएका सर्भेयरहरुबाट क्षती मुल्याङ्कन गर्दै गर्दा कुन कुन शिर्षकहरुमा क्षतीपूर्ती पाइने र कुन कुन शिर्षकमा क्षतीपूर्ती नपाइने भन्ने स्पष्ट रुपमा बुझिने गरी बीमितलाई जानकारी दिनु पर्ने माग गरेका थिए। साथै केहि सर्भेयरहरुले क्षती मुल्याङ्कन गर्दै गर्दा व्यक्तिगत फाइदा खोज्ने गरेको गुनासो राखेका थिए। त्यसै गरी सवारी दुर्घटनामा घाइते भएका बिरामीहरुको उपचारको क्रममा निजलाई खाना खर्च सम्बन्धमा कुनै पनि व्यवस्था नरहेको हुँदा सो सम्बन्धमा आवश्यक पहल गर्न अनुरोध गरेका थिए।

उक्त कार्यक्रमका विशेष अतिथिहरुले बीमकले दावी भुक्तानी समयमै दिनु पर्ने, तेश्रो पक्ष बीमामा हाल व्यवस्था रहेको क्षतीपूर्ती समबन्धीत रकमहरु कम भएको हुँदा समय सपेक्ष रुपमा सुधार गर्दै जानु पर्ने, सर्भेयरले क्षतीको समयमै मूल्याङ्कन प्रतिवेदन दिन ढिलाई गर्दा दावी भुक्तानी पाउन समय लाग्ने गरेको, बीमालेख जारी गर्दै गर्दा बीमकले एकै पटकमा सम्पूर्ण कागजात माग्नु पर्ने, बीमितलाई बीमालेखले के कस्तो किसिमको जोखिमको रक्षावरण गर्छ भन्ने कुराको जानकारी दिनु पर्ने जस्ता कुराहरु राखेका थिए ।

साथै उक्त कार्यक्रममा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष मनोज कुमार दासले पेट्रोलियम ट्याङ्करहरु भारतमा गई इन्धन ल्याउनु पर्ने हुँदा कुनै कारणबाट दुर्घटना भई ठूलो रकमको क्षतीपूर्ती दिनुपर्ने हुँदा असिमित जोखिम बहन गर्ने किसिमको बीमालेखहरु पनि जारी गर्नु पर्ने माग गरेका थिए ।

साथै कार्यक्रमका प्रमुख अतिथि यातायात व्यवस्था कार्यालय वीरगंजका कार्यालय प्रमुख उमेश रेग्मीले यातायात कार्यालयले तेश्रो पक्ष बीमामा भएका कुनै पनि किसिमका कमजोरीहरुलाई निरुत्साहित गर्न आफू मातहतका कर्मचारीहरुलाई निर्देशन दिने साथै आगामी दिनमा यस्तो कार्यक्रम नेपाल बीमा प्राधिकरणसंग सहकार्य गर्दै निरन्तरता दिन यातायात व्यवस्था कार्यालय तयार रहेको कुरा समेत राखेका थिए ।

कार्यक्रमको समापनमा प्राधिकरणका कार्यालय प्रमुख कुसुम शर्माले प्राप्त भएका सल्लाह सुझावहरुलाई सम्बोधन गर्नका लागि आवश्यक पहल गर्ने साथै बीमा क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि सबै पक्षहरु जिम्मेवार हुनु पर्ने धारणा राखेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS