IME Life
Beema Board

जेठमा एक अर्ब ३ करोडको सरेण्डर, नयाँ व्यवसायको ४० प्रतिशत सरेण्डर हुँदा कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । जेठ महिनामा जीवन बीमा कम्पनीहरुले एक अर्ब तीन करोड रुपैयाँको सरेण्डर गरेका छन् । जवकी यहि महिनामा कम्पनीहरुले २ अर्ब ६२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । प्रथम बीमा शुल्क आर्जनको तुलनामा सरेण्डरको हिस्सा ३९.६० प्रतिशत रहेको छ ।

कम्पनीहरुले एकातिरबाट नयाँ व्यवसायका रुपमा प्रथम बीमा शुल्क आर्जनमा पनि क्रमश घट्दै जाने क्रम बढिरहेको छ भने अर्को तर्फ हरेक महिना अर्ब भन्दा माथिको सरेण्डर भइरहेको छ । गएका महिनामा सरेण्डरको हिस्सा ५० प्रतिशत हाराहारी थियो । तर जेठ महिनामा प्रथम बीमा शुल्क आर्जनमा सामान्य सुधार देखिएको छ भने सरेण्डर रकम पनि घटेको छ । यसले गर्दा सरेण्डरको हिस्सा ३९.६० प्रतिशतमा झरेको हो ।

Prabhu
Crest

बीमा कम्पनीहरुले विगतका वर्षमा टार्गेट पुरा गर्न गरेका नराम्रा अभ्यासको परिणाम यस वर्ष देखिएको छ । पोलिसी सरेण्डर गर्ने नियतका साथ बिक्री गरिएका थिए । अभिकर्ता र बीमा कम्पनीका शाखा प्रमुखहरु नै यस कार्यमा प्रत्यक्ष संलग्न थिए । बजारमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा धेरै थियो । मर्जर पछि जीवन बीमा कम्पनीको संख्या पनि घटेको छ ।

नेपाल बीमा प्राधिकरणले पनि सरेण्डरलाई नियन्त्रण गर्न तीन वर्षसम्म पोलिसी सरेण्डर गर्नै नपाउने बाध्यात्मक व्यवस्था गरिदिएको छ । यस वर्ष जति सरेण्डर हुन्छन् आगामी वर्षमा यहि अनुपातमा सरेण्डर नहुने बीमकहरुको विश्लेषण छ । प्राधिकरणले तीन वर्षसम्म पोलिसी सरेण्डर गर्न नपाउने व्यवस्था लागु गरेको दुई वर्ष वितेको हुँदा अर्को वर्ष यसको अनुपात घट्नु स्वभाविक हो ।

पोलिसी जारी गर्नु भन्दा अगाडीका बीमा पोलिसीहरु भने सरेण्डर भइरहेका छन् । केहि प्रतिशत सरेण्डर वास्तविक रुपमा भएका छन् भने धेरै जसो नियोजित रुपमा छन् । ठुला ठुला अभिकर्ताले एउटा कम्पनी छाडेर अर्को कम्पनीमा सर्ने क्रममा पनि पोलिसी सरेण्डर गराउने गर्छन् ।

जेठ महिनामा राष्ट्रिय बीमा संस्थान प्रथम बीमा शुल्क आर्जन भन्दा सरेण्डर रकम तीन गुणा भन्दा धेरै छ । कम्पनीले जेठमा ४ करोड ७९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेकोमा १२ करोड ४६ लाख रुपैयाँ सरेण्डर गर्नु परेको छ ।

नेपाल लाइफ सरेण्डरको समस्याबाट अझै पनि मुक्त हुन सकेको छैन । कम्पनीले जेठ महिनामा मात्रै सर्वाधिक धेरै ४३ करोड ३९ लाख रुपैयाँ सरेण्डर गरेको छ । सरेण्डरको हिस्सा ६७.४० प्रतिशत रहेको छ । एलआइसीले पनि जेठ महिनामा १३ करोड ८८ लाखको सरेण्डर गरेको छ । एलआइसी नेपालको सरेण्डरको हिस्सा ७८.६० प्रतिशत रहेको छ ।

सरेण्डरबाट जति धेरै पुराना कम्पनी प्रताडित छन् त्यसको तुलनामा नयाँ जीवन बीमा कम्पनीहरुलाई कम छ । अझै पनि सूर्यज्योति लाइफमा सरेण्डरको हिस्सा ३५ प्रतिशत छ । कम्पनीले जेठ महिनामा १८ करोड ४९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा ६ करोड ५० लाख रुपैयाँ सरेण्डर बापत भुक्तानी गर्नु परेको छ । मेट लाइफले पनि १३ करोड व्यवसाय गर्दा ५ करोड ४९ लाख रुपैयाँको सरेण्डर बापत भुक्तानी गर्नु पर्यो ।

मर्जर पछि हिमालयन लाइफको सरेण्डर अनुपात घटेको छ । साविक यूनियन लाइफ सबैभन्दा धेरै सरेण्डरबाट प्रताडित थियो । अव हिमालयन लाइफमा सरेण्डरको अनुपात २० प्रतिशतमा झरेको छ । सर्वाधिक कम सरेण्डर हुनेमा सन नेपाल लाइफ छ । विगतमा वैदेशिक रोजगारमा मात्रै केन्द्रित सन नेपाल बजार विस्तारमा आक्रामक थिएन । यसले गर्दा पनि कम्पनीले फर्जी पोलिसी बिक्री नगर्दा सरेण्डरबाट बचेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

27%

खुसी

7%

दु :खी

33%

अचम्मित

27%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS