IME Life
Beema Board

सनराइज बैंकको भद्रपुर शाखाद्वारा यात्रु प्रतिक्षालय निर्माण

SPIL
NIC ASIA

भद्रपुर । सनराइज बैंक लिमिटेड भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशको भद्रपुरलनभचस्थित गिरिचोकमा यात्रु प्रतिक्षालयको निर्माण गरेको छ । आषाढ १७ गते आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश कुमार पोखरेल तथा बैंकका कोशी प्रदेश प्रमुख बिनोद गजुरेलद्वारा संयुक्त रुपमा उक्त यात्रु प्रतिक्षालयको उद्घाटन गरेको हो ।

उक्त कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, वडा नं. ५ का वडाध्यक्षी बन्धु कार्की बैंकका शाखा प्रबन्धक भरत प्रसाई लगायतको उपस्थिती रहेको थियो । उक्त यात्रु प्रतिक्षालयको निर्माणले मेची राजमार्ग तथा भद्रपुर बसपार्क सम्म यात्रा गर्ने दैनिक सयौं यात्रुहरु लाभान्वित हुने बैंकको विश्वास छ ।

Prabhu
Crest

नगरपालिका प्रमुख गणेश कुमार पोखरेलले उक्त कार्यप्रति हार्दिक आभार व्यक्त गर्दै सनराइज बैंकलाई धन्यबाद ज्ञापन गरेका थिए । सन्राइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशैभरी स्वास्थ्य, शिक्षा, शिपमुलक तालिम, वित्तिय साक्षयरता, पूर्वाधार निर्माण आदि क्षेत्रहरुमा विभिन्न कामहरु गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS