IME Life

निर्जीवन बीमा कम्पनीलाई पुनः मोटर बीमाको साथ, बजार हिस्सा २५ बाट ३३ प्रतिशत नाघ्यो

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा पुनः मोटर बीमाको बजार हिस्सा बढ्न थालेको छ । गएका वर्षमा सरकारले मोटरको आयातमा कडाइ गर्दा यस तर्फको बीमा शुल्कमा पनि भारी गिरावट भएको थियो । मोटरको आयात बढ्न थाले सँगै चालु आर्थिक वर्षको जेठ महिनासम्ममा यस तर्फको बजार हिस्सा ३३ प्रतिशत पुगेको छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत वर्षको जेठ महिनामा मात्रै मोटर बीमाको बजार हिस्सा २५ प्रतिशत थियो । तर यस वर्ष बीमा कम्पनीहरुले मोटर बीमाबाट मात्रै १२ अर्ब ७ करोड २७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

जेठ महिनासम्ममा कुल बीमा शुल्क आर्जन ३६ अर्ब १९ करोड रहेको छ । जसमा मोटरले मात्रै ३३ प्रतिशत बजार ओगटेको छ । यस वर्ष हवाई बीमा व्यवसायमा भने उल्लेख्य सुधार देखिदैन । हवाइको बजार हिस्सा ५.४० प्रतिशत मात्रै छ । यस वर्ष हवाई र विविधको पोर्टफेलियो तल झरेको छ । मोटर बाहेक अन्य पोर्टफेलियोको हिस्सामा खासै सुधार देखिदैन ।

सम्पत्ती बीमाबाट कम्पनीहरुले ७ अर्ब ९६ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस वर्ष बैंक वित्तीय संस्थाले घर तथा आवास निर्माणमा बढि लगानी गरेका छन् । बैंकहरुले घर तथा सम्पत्ती धितोमा राखेर कर्जा प्रवाह गर्दा सम्बन्धित सम्पत्तीको अनिवार्य बीमा गर्नै पर्ने व्यवस्था गरिदिएको छ । यसले गर्दा पनि यस तर्फको पोर्टफेलियोमा सामान्य सुधार देखिन्छ ।

इन्जिनियरिङ बीमा मार्फत कम्पनीहरुले ६ अर्ब १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यसको कुल बीमा शुल्क आर्जनमा १७ प्रतिशत योगदान रहेको छ । कृषि तथा लघु बीमामा भने खासै सुधार देखिदैन । सामुन्द्रिक बीमा मार्फत कम्पनीहरुले एक अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

हवाइ बीमा मार्फत कम्पनीहरुले एक अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा विविध तर्फ भने ४ अर्ब ५ करोड रुपैयाँ रहेको छ ।  नेपाल लगानी विश्वका जुनसुकै मुलुकमा पनि बीमा फोर्सफुल मानिन्छ । सरकारले बीमालाई अनिवार्य गर्ने वित्तीकै यसको दायरा पनि बढ्दै जान्छ । नेपालमा सरकारले मोटर बीमालाई अनिवार्य गरेकाले यस तर्फको बजार सर्वाधिक ठुलो रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS