IME Life

जेठ महिनामा निर्जीवन बीमा कम्पनीले गरे ३ अर्ब ५० करोडको व्यवसाय, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा तीन अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको जेठ महिनाको तुलनामा यस वर्ष निर्जीवन बीमा कम्पनीहरुले १८ प्रतिशतले व्यवसाय बढाउन सफल भएका छन् । गत वर्षको जेठ महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेका थिए ।

जेठ महिनासम्मको बीमा शुल्क आर्जन तर्फ भने ६ प्रतिशतले मात्रै सुधार भएको छ । कम्पनीहरुले चालु आर्थिक वर्षको ११ महिनामा ३६ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा कम्पनीहरुले ३४ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

Prabhu
Crest

जेठ महिनामा मात्रै सर्वाधिक धेरै बीमा शुल्क आर्जन हिमालयन एभरेष्टको छ । कम्पनीले ५७ करोड १९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियरको छ । कम्पनीले ३६ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै तेस्रो नम्बरमा सगरमाथा लुम्बिनीले ३५ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । जेठ महिनाको मात्रै व्यवसाय हेर्ने हो भने मर्जरमा गएका कम्पनीहरुको धेरै छ । चौथो नम्बरमा रहेको शिखरले ३३ करोड ३८ लाख रुपैयाँ आर्जन गर्दा पाँचौ नम्बरमा आइएमई प्रुडेन्सियलले ३१ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ ।

एक महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले एक लाख ९१ हजार वटा पोलिसी बिक्री गरेका छन् । सर्वाधिक धेरै बीमा पोलिसी २३ हजार वटा बिक्री गरेको छ । सर्वाधिक कम पोलिसी बिक्री गर्नेमा दि ओरिएण्टलले २७२७ वटा पोलिसी बिक्री गरेको छ ।

हेर्नेहोस् तालिकामा कुन कम्पनीको बीमा शुल्क आर्जन कति ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

83%

खुसी

17%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS