IME Life
Beema Board

जीवन बीमाको २८ प्रतिशत व्यवसाय अग्रिम भुक्तानी तथा आवधिकमा केन्द्रित, सावधिकमा आकर्षण घट्दो

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा व्यवसायको ठुलो हिस्सा अग्रिम भुक्तानी तथा आवधिक व्यवसायले ओगट्न थालेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्क अनुसार अग्रिम भुक्तानी सावधिक जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा, म्यादी जीवन बीमा र लघु जीवन बीमा व्यवसायले मात्रै २८ प्रतिशत बजार ओगटेका छन् ।

जीवन बीमा व्यवसायका लागि यो सूचक सुखद होइन । अझ अग्रिम भुक्तानी सावधिक जीवन बीमाको बजार हिस्सा २३.५५ प्रतिशत रहेको छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमा बीमित र कम्पनी दुबैलाई फाइदाजनक मानिदैन ।

Prabhu
Crest

बीमाको सिद्धान्त विपरित अग्रिम रुपमा दाबी भुक्तानी गर्दै जाने भएकाले यस्ता पोलिसीमा कम्पनीले राम्रो बोनस दिन सक्दैनन् भने बीमितले पनि बीमा गरेर उचित प्रतिफल पाउनै सक्दैनन् । तर बीमा कम्पनीहरुले व्यवसाय धेरै देखाउन र ठुलो बीमाङ्कका पोलिसी बिक्री गराउन यस्ता पोलिसी बिक्री गराउने गरेका छन् । जोखिम मात्रै बहन गर्ने हिसावले भने यस्ता पोलिसी बीमितका लागि राम्रो मानिन्छ तर प्रतिफलका लागि यस्ता पोलिसी राम्रो मानिदैन ।

अग्रिम भुक्तानी सँगै वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायको बजार हिस्सा २.३८ प्रतिशत छ । कम्पनीहरुले जेठ महिनासम्ममा यस्तो बीमालेख बिक्री गरेर २ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । बीमा कम्पनीहरुलाई यस्तो पोलिसीले मुनाफा धेरै देखाउन सजिलो हुन्छ । पुनर्बीमा हुने भएकाले बीमकहरुले यस्तो पोलिसीबाट राम्रै मुनाफा आर्जन गर्दै आएका छन् ।

म्यादी जीवन बीमाको बजार हिस्सा भने एक प्रतिशत पनि छैन । तर यस्ता पोलिसी जारी गरेर कम्पनीहरुले एक अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले दुर्घटना बीमा, घातक रोग विरुद्धको बीमा लगायतका आवधिक जोखिमहरु बहन गर्न आजीवन बीमा पोलिसीमै मिलाएर यस्ता पोलिसी बिक्री गर्ने गरेका छन् । यो पनि कम्पनीहरुलाई नाफा देखाउन सहयोग गर्ने व्यवसाय हो ।

बीमा प्राधिकरणले विगत १० वर्षदेखि सट्टा मार्दै आएको लघु जीवन बीमा व्यवसायको बजार हिस्सा जम्मा १.७२ प्रतिशत छ । कम्पनीहरुले यस्ता पोलिसी जारी गरेर २ अर्ब १३ करोड आर्जन गरेका छन् ।

सावधिक जीवन बीमा व्यवसायको बजार हिस्सा ३८.८६ प्रतिशत मात्रै छ । रुपान्तरिक साविधिक जीवन बीमाको बजार हिस्सा १३.४२ प्रतिशत छ । बालबच्चा सम्बन्धी सावधिक जीवन बीमाको बजार हिस्सा १५.१० प्रतिशत, आजीवन जीवन बीमा व्यवसाय ३.१५ प्रतिशत र एकल भुक्तानी जीवन बीमा ०.८५ प्रतिशत मात्रै छ ।

बीमितहरु सावधिक जीवन बीमामा भन्दा अल्पकालिन तथा तत्काल प्रतिफल आउने व्यवसायमा बढि आकर्षित भएको देखिन्छ । अहिले बीमा शुल्क बुझाएर १५/२० प्रतिशत पाउनु भन्दा केहि भइहाल्यो भने जोखिम बहन गर्ने र तत्काल प्रतिफल पाउन मिल्ने खालका पोलिसीमा बढि भएको देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS