IME Life
Beema Board

चितवनले छोरी बीमा कार्यक्रमलाई दियो निरन्तरता, १५ वर्ष पछि एक लाख पाउने

SPIL
NIC ASIA

काठमाडौं । भरतपुर महानगरपालिकाले छोरी बीमा कार्यक्रमलाई निरन्तरता दिएको छ । छोरीसँग मेयर कार्यक्रम अन्तर्गत भरतपुर महानगरभित्र स्थायी बसोबास गरी सरकारी स्वास्थ्य संस्थामा जन्म हुने छोरीहरुको एक लाख रुपैयाँको जीवन बीमा गराउदै आएको छ ।

महानगरले चालु आर्थिक वर्षको बजेट मार्फत यस्तो कार्यक्रम ल्याएको थियो । चालु आर्थिक वर्षमा सक्रिय रहेको यो कार्यक्रमले आगामी आर्थिक वर्ष २०८०/८१ मा पनि निरन्तरता पाउने भएको छ ।

Prabhu
Crest

यदि महानगरभित्र स्थायी बसोबास गरी सरकारी स्वास्थ्य संस्थामा जन्म हुने छोरीको बीमाको लागि आमा/बाबुको नेपाली नागरिकताको प्रमाणपत्र पेश गर्नु पर्छ । त्यस्दै विवाह दर्ता प्रमाणपत्र, भरतपुर महानगरपालिका भित्र स्थायी बसोबार गरेको प्रमाण, सरकारी स्वास्थ्य संस्थामा जन्मेको निस्सा प्रमाण, बीमा गर्ने छोरीको जन्म दर्ता प्रमाणपत्र र फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस पेश गर्नु पर्ने व्यवस्था छ । महानगरले हालसम्म एक सय भन्दा धेरै छोरीहरुको बीमा गरिदिइसकेको छ ।

महानगरले राष्ट्रिय बीमा संस्थानबाट पोलिसी खरिद गरिदिने गरेको छ । बाल उमङ्ग जीवन बीमा कार्यक्रम अन्तर्गत महानगरपालिकाले १५ वर्षका लागि छोरीको प्रिमियर बुझाउने छ । महानगरले प्रिमियम रकम ५० हजार रुपैयाँ बुझाउने छ भने १५ वर्षपछि छोरीहरूले रु एक लाख पाउने छन् । महानगर प्रमुख रेनु दाहालले छोरीको भ्रुण हत्या गर्ने र जन्मदर्ता नगर्ने परिपाटीको अन्त्यका लागि महानगरले यो कार्यक्रम लागू गरेकी हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS