IME Life
Beema Board

राजश्व संकलन साढे ८ खर्ब हुँदा बजेट खर्च १२ खर्ब नाघ्यो

SPIL
NIC ASIA

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष सम्पन्न हुन २३ दिन बाँकी हुँदा राजश्व संकलनको ६० प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ । सरकारले आजसम्ममा ८ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । जसमा कर मार्फत ७ खर्ब ६७ अर्ब रुपैयाँ र गैर कर राजश्व ७८ अर्ब ४३ करोड रुपैयाँ छ ।

त्यस्तै बजेट खर्च पनि लक्ष्य भन्दा ६० प्रतिशत मात्रै भएको छ । आजसम्ममा कुल १२ खर्ब एक अर्ब रुपैयाँ खर्च भइसकेको छ । जसमा चालु खर्च मात्रै ८ खर्ब ९७ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै पूँजीगत खर्च जम्मा एक खर्ब ५८ अर्ब रुपैयाँ मात्रै रहेको छ । वित्तीय खर्च भने एक खर्ब ४५ अर्ब रुपैयाँ छ ।

Prabhu
Crest

यस वर्ष आर्थिक मन्दीका कारण सरकारले लक्ष्य भन्दा एकदमै कम मात्रै राजश्व संकलन गर्ने देखिन्छ । पेट्रोलियम पदार्थको आयातबाट खर्ब रुपैयाँ राजश्व संकलन गर्ने नेपालले यस वर्षको ११ महिनामा आयात नै ६७ अर्ब रुपैयाँले घटेको छ । यसरी आयात घट्दा राज्यले संकलन गर्ने भन्सार शुल्कमा भारी गिरावट आउछ ।

सवारी साधनको आयातमा पनि गिरावट देखिन्छ । राज्यको सबैभन्दा ठुलो राजश्व यात्रायात क्षेत्रबाट भित्रिन्छ । जसमा पेट्रोलियम पदार्थ र सवारी साधन पर्दछन् । सरकारले लक्ष्य अनुसार राजश्व संकलन नगर्दा बजेटमा दवाव पर्छ । खर्च भए अनुसार राजश्व संकलन नहुँदा सरकारले आन्तरिक ऋण उठाउनेदेखि लिएर वैदेशिक अनुदान संकलन गर्नु पर्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS