IME Life

तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने

SPIL
NIC ASIA

काठमाडौं । साझा पावार डेभलपमेन्ट प्राइभेट लिमिटेडले निर्माण गर्ने २० मेगावाट क्षमताको तल्लो बलेफी खोला जलविद्युत आयोजनामा कुमारी बैंकले लगानी गर्ने भएको छ । बैंक र साझा पावर डेभलपमेन्टबीच मंगलबार वित्तिय व्यवस्था (फाइनान्सियल क्लोजर) सम्पन्न भएको हो ।

साझा पावार डेभलपमेन्ट प्रालिको तर्फबाट कम्पनीका अध्यक्ष संजिव न्यौपाने र प्रबन्ध निर्देशक कुबेरमणि नेपाल र बैंकको तर्फबाट परियोजना वित्त पोषण प्रमुख भुषण तण्डुकारले फाइनान्सियल क्लोजरमा हस्ताक्षर गरेका थिए ।

Prabhu
Crest

सिन्धुपाल्चोकको बलेफी नदिमा निर्माण हुने २० मेगावाट क्षमताको बलेफी तल्लो खोला जलविद्युत आयोजनामा रिडी पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ । यो कम्पनीको निर्माण सुरु भएको मितिबाट २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको साझा पावार डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक कुबेरमणि नेपालले बताए ।

बलेफी तल्लो खोला जलविद्युत आयोजनामा ४ सय ४० करोड लगानीमा रहेको छ । जसमा ७५ प्रतिशत कुमारी बैंकले लगानी गर्नेछ । बाँकी २५ प्रतिशत रकम रिडी पावरले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS