IME Life
Beema Board

लगातार ८ दिन बढेको बजारमा कुन कम्पनीका लगानीकर्ता भए मालामाल ? (सूचीसहित)

SPIL
NIC ASIA

काठमाडौं । बजेट भाषणपश्चात् करको विवादपछि निकै ठूलो गिरावट आएको बजारमा करको विवादमा लगानीकर्ता र अर्थमन्त्रालयबीच सहमति भएसँगै बजारले लय समातेको छ । नेप्से परिसूचक लगातार ८ कारोबार दिन बढेको छ । प्रणालीमा तरलता वृद्धिको प्रभाव पनि शेयर बजारमा परेको देखिन्छ ।

पछिल्लो समय बजार जेठ २२ गते घटेको थियो भने त्यसपछि निरन्तर ८ दिन बढेको हो । जेठ २२ गते १९०१ दशमलव ९९ मा बन्द भएको बजार  जेठ ३२ मा २०४२ दशमलव ०७ विन्दुमा बन्द भएको छ । यो ८ कारोबार दिनको वृद्धिमा  बिपिडब्लु लघुवित्तको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । जेठ २२  गते ४२७ दशमलव ४० रुपैयाँ रहेको बजार मूल्य जेठ ३२ मा ६०९ दशमलव ६० रुपैयाँ पुगेको छ । कम्पनीको बजार मूल्य ४२ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

त्यस्तै दोश्रोमा सोल्टी होटलको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । जेठ २२ गते ३२० रुपैयाँ  रहेको बजार मूल्य जेठ ३२ मा ४०७ रुपैयाँ पुगेको छ । कम्पनीको बजार मूल्य २७ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै तेश्रोमा सानिमा जिआईसीको शेयर मूल्य सर्वाधिक वृद्धि भएको छ । जेठ २२ गते ४६३ दशमलव ९०  रुपैयाँ रहेको बजार मूल्य जेठ ३२ मा ५८८  रुपैयाँ पुगेको छ । कम्पनीको बजार मूल्य २६ दशमलव ७५ प्रतिशतले वृद्धि भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

29%

दु :खी

43%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS