IME Life
Beema Board

सानिमा जिआइसीका सिइओ उपाध्यायको वार्षिक तलब सुविधा ६३ लाख ४२ हजार

SPIL
NIC ASIA

काठमाडौं । सानिमा जिआइसीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले साविक सानिमा जनरल इन्स्योरेन्स कम्पनीबाट ६३ लाख ४२ हजार रुपैयाँ तलब सुविधा प्राप्त गरेका छन् । उनले गत आर्थिक वर्ष २०७८/७९ मा उपाध्यायले वार्षिक तलब सुविधा बापत ४८ लाख रुपैयाँ बुझेका थिए । यस भन्दा अघिल्लो आर्थिक वर्षमाको उनको यस्तो तलब सुविधा ३४ लाख ५६ हजार थियो । मर्जर पछि उपाध्यायको वार्षिक तलब सुविधामा बृद्धि गरिएको छ ।

त्यस्तै नियम अनुसार कर्मचारी बोनस बापत ५ लाख ५४ हजार, विभिन्न सुविधा बापत ६ लाख ८८ हजार र जीवन बीमाको प्रिमित बापत तीन लाख रुपैयाँ प्राप्त गरेका हुन् । साविक सानिमा र जिआइसी इन्स्योरेन्स कम्पनी मर्जर भएर सानिमा जिआइसी भएका छन् । मर्जर पछि कम्पनीले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन छुट्टा छुट्टै तयार पारेका छन् ।

Prabhu
Crest

त्यस्तै साविक जिआइसीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठको वार्षिक तलब सुविधा भने निकै कम रहेको छ । श्रेष्ठ सानिमा जिआइसीको भने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । उनले साविक जनरल इन्स्योरेन्स कम्पनीबाट वार्षिक ३९ लाख ५ हजार रुपैयाँ तलब सुविधा प्राप्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS