IME Life
Beema Board

आशा लघुवित्तले असार १६ गते विशेष साधारण सभा गर्ने, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १६ गते विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीको जेठ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेष्टुरेन्ट, ककनी, नुवाकोटामा विहान १० बजे गर्ने कम्पनीले जनाएको छ ।

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न लागेको छ । नेपाल राष्ट्र बैंकले प्राप्तिका लागि जेठ २३ गते सैद्धान्तिक सहमति प्रदान गरिसकेको अवस्थामा विशेष साधारण सभामार्फत प्राप्ति प्रस्ताव पारित गर्न लागेको हो ।

Prabhu
Crest

यी दुई कम्पनीबीच गत चैत २९ गते प्राप्ति सम्बन्धि प्रारम्भिक सम्झौता भएको थियो । हाल राष्ट्र उत्थान लघुवित्तको चुक्तापूँजी रू। २५ करोड ९९ लाख रहेको छ भने आशा लघुवित्तको रू। ३८ करोड १६ लाख रहेको छ । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन ।

प्राप्ति प्रक्रियाका लागि तय भएको शेयर स्वाप रेसियोलाई विशेष साधारण सभामार्फत स्वीकृति प्रदान गर्नेछ । प्राप्ति पछि राष्ट्र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार गर्ने तथा केन्द्रिय कार्यालय बनेपा नगरपालिका –१३ काभ्रेपलाञ्चोकमा रहने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि असार ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असार ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS