IME Life
Beema Board

आन्तरिक राजश्व विभागले ४० लाख भन्दा बढी आम्दानी गर्ने कर्मचारीलाई ट्र्याकिङ गर्दै

SPIL
NIC ASIA

काठमाडौं । आन्तरिक राजश्व विभागले ४० लाख भन्दा बढी आम्दानी हुने प्राकृतिक करदाताहरुको ट्र्याकिङ गर्न निर्देशन दिएको छ । विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरिय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरुलाई परिपत्र जारी गर्दै ४० लाख भन्दा बढी कर बुझाउने करदाताको विवरण परिक्षण गर्न आदेश दिएको हो ।

विभागले आइटिएस प्रणालीमा सुधार गरी प्राकृतिक व्यक्तिको ४० लाख वा सो भन्दा बढी आय भएको तर Do4 आय विवरण पेश नगर्ने करदाताको पहिचान गर्न ITS-Income tax Reports-PPAN Transations को व्यवस्था गरेको छ ।  कतिपय करदाताको विवरण हेर्दा ४० लाख रुपैयाँ भन्दा बढीको आय भएकोमा अग्रिम कर कट्टी न्यून कट्टी देखिएको विभागको भनाइ छ ।

Prabhu
Crest

विभागले TDS परीक्षणको क्रममा ४० लाख रुपैयाँ वा सोभन्दा बढी आय हुने करदाताको विवरण हेरी नियमानुसार TDS रकम दाखिला गरे/नगरेको, विवरण दिए/नदिएको लगायतका TDS सम्बन्धी हेर्नुपर्ने सबै विषयको चेक, जाँच, परीक्षण सम्बन्धी सम्पुर्ण कार्य गरी सोको प्रगती EIMS मा प्रविष्ट गर्न समेत आदेश दिइएको छ ।

बैंक वित्तीय संस्था, बीमा कम्पनी लगायतका कम्पनीहरुको उच्च पदस्थ कर्मचारी तथा प्रमुख कार्यकारी अधिकृतहरुले ४० लाख भन्दा बढी तलब सुविधा बुझ्दै आइरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS