IME Life

८ निर्जीवन बीमा कम्पनीले बोनस र हकप्रद मार्फत पूँजी जुटाउदै, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन अझै ८ कम्पनीले सकेका छैनन् । हालसम्म शिखर, सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर र आइएमई प्रुडेन्सियलले मात्रै चुक्ता पूँजी जुटाउन सफल भएका छन् । शिखर बाहेक तीन वटाले मर्जर मार्फत जुटाएका हुन् । मर्जर गरेर पनि अझै तीन कम्पनीको पूँजी पुग्न सकेको छैन ।

पूँजी जुटाउन सबैभन्दा धेरै सकस राष्ट्रिय बीमा कम्पनीलाई परेको छ । हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ छ । लेखापरीक्षण गर्न नसक्दा कम्पनीले बोनस वितरण गर्न पाएको छैन । सकेसम्म लेखापरीक्षण सम्पन्न गरेर बोनस शेयर मार्फत नै न्युनतम चुक्ता पूँजी जुटाउने योजनामा राष्ट्रिय बीमा कम्पनी ‍रहेको छ ।

Prabhu
Crest

त्यस्तै मर्जर गर्न नसकेका नेपाल इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स कम्पनीलाई पनि पूँजी जुटाउन सकस परेको छ । साविक अजोड सँग मर्जर भाडिए पछि प्रभु इन्स्योरेन्स रणनीतिक साझेदारी भित्र्याउने योजनामा छ । यदि बीमा प्राधिकरणले हकप्रद खोलिदियो भने प्रभु हकप्रद शेयर मार्फत नै पूँजी जुटाउने भित्रि दाउ कुरेर बसेको छ । हाल प्रभुको चुक्ता पूँजी  एक अर्ब ३७ करोड रहेको छ । साढे दुई अर्ब पुर्याउन अझै एक अर्ब १२ करोड आवस्यक पर्छ । नपुग ८१.६७ प्रतिशत पूँजी रणनीतिक साझेदार मार्फत जुटाउने कम्पनीको योजना छ ।

त्यस्तै आइएमई जनरल र प्रुडेन्सियल सँग मर्जरका लागि लामो छलफल गरेर पनि भाडिए पनि नेपाल इन्स्योरेन्स कम्पनी सम्पत्ती बिक्री गर्दैछ । हाल कम्पनी सँग एक अर्ब ४८ करोड रुपैयाँ छ । नपुग एक अर्ब एक करोड अर्थात ६७ प्रतिशत पूँजी जग्गा बिक्री गरेर बोसन शेयर मार्फत पूँजी जुटाउने योजनामा कम्पनी रहेको छ ।

नेशनल लाइफको सहायक कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीलाई ७१.३२ प्रतिशत पूँजी अपुग छ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४५ करोड छ । कम्पनीले बोनस शेयर र हकप्रद शेयर निष्काशन गरेर साढे दुई अर्ब जुटाउने योजना बनाएको छ ।

त्यस्तै नेकोले पनि सकेसम्म बोनस शेयर त्यसले नपुग भएमा थोरै हकप्रद शेयर निष्काशन गर्ने योजना बनाएको छ । हाल कम्पनीको पूँजी  २ अर्ब एक करोड छ । कम्पनीलाई साढे दुई अर्ब पूँजी २३.२३ प्रतिशत पूँजी आवस्यक छ ।

साविक युनाइटेड र अजोड मर्जर भएर बनेको युनाइटेड अजोडलाई पनि साढे दुई अर्ब पुर्याउन ५९ करोड ५४ लाख आवस्यक छ । यो पूँजी कम्पनीले हकप्रद र बोनस दुबै मार्फत जुटाउनेछ ।

मर्जर पछि पनि पूँजी जुटाउनेलाई साउन पछि हकप्रद खुला गर्ने प्राधिकरणको योजना

नेपाल बीमा प्राधिकरणले साउन पछि मात्रै बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशन खुला गर्ने योजनामा छन् । हाल हकप्रद शेयर निष्काशनलाई बन्देज गरिएको छ । मर्जर पछि पूँजी पूँजी अपुग हुने कम्पनीलाई हकप्रद शेयर निष्काशन गर्न दिन प्राधिकरण सकारात्मक छ । मर्जरबाट पूँजी जुटाउन नसक्नेलाई दिएको सुविधाले मर्जर नगरि हकप्रद निष्काशन गर्न खोज्नेलाई बल पुग्ने भन्दै अहिलेसम्म पनि हकप्रद शेयर निष्काशनको विषयमा निर्णय नगरी बसेको छ ।

प्राधिकरणले सकेसम्म बीमा कम्पनीहरुलाई बोनस, मर्जर, रणनीतिक साझेदार र सम्पत्ती बिक्री गरेर पूँजी जुटाउन दिने जनाउदै आएको छ । यसले गर्दा पछिल्ला दिनमा बीमा कम्पनीको शेयर मूल्यमा उछाल आइरहेको छ । प्राधिकरणले हकप्रद निष्काशनमा खुकुलो नीति लिने छनक सँगै दोस्रो बजारका लगानीकर्ता बीमा कम्पनीको शेयरमा आकर्षण भएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

11%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

11%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS