IME Life

सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख : सञ्चारमन्त्री शर्मा

SPIL
NIC ASIA

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मोवाईल डिभाईस म्यानेजमेण्ट सिष्टम (एम्डिएम्एस्) कार्यान्वयनमा सरकार कडाईका साथ लागेको भन्दै यसमा सहयोग गर्न मोवाईल व्यवसायीहरुलाई आग्रह गरिन् । मन्त्री शर्माले कर छली हुन नदिन ल्याइएको प्रणाली कार्यान्वयनमा सहयोग गर्ने व्यवसायीका हितमा सरकार सहयोग गर्न सँधै तत्पर रहेको बताइन् ।

नेपाल मोवाईल व्यवसायी महासंघको दोश्रो साधारणसभालाई ललितपुरमा सम्बोधन गर्दै मन्त्री शर्माले भनिन्, ‘मोवाईल मनोरञ्जनको साधन नभई अत्यावश्यकीय साधन बनिसकेको छ । ०६३ पछि बनेको सरकारका सञ्चारमन्त्री कृष्णबहादुर महरा हुँदा ल्याइएको हातहातमा मोबाईल, घरघरमा इन्टरनेट अभियानलाई मूर्त रुप दिंदै वर्तमान सरकार फेसलेस गभर्नेन्सतर्फ उन्मुख भइसकेको छ ।’

Prabhu
Crest

मन्त्री शर्माले मोवाईल आयातलाई भन्दा बिग्रेका मोवाईललाई पुनः प्रयोग गर्न सक्ने खालको उद्योग मुलुकभित्रै सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिन् । उनले त्यस्ता उद्योग सुरु भए रोजगारी बढ्ने र स्वदेशी मुद्रा बाहिरिन न्यूनिकरण हुने भएकाले ति व्यवसायीलाई राज्यले उचित नीतिगत सहयोग गर्न कुल बजेटको १ प्रतिशत रकम लगानी गर्ने सरकारको नीति रहेको बताइन् ।

नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष भरत भट्टराईले बर्षेनी ४० अर्ब बढी राजश्व उठाउने र ५० हजारभन्दा बढी रोजगार प्रदान गरिरहेका मोवाईल व्यवसायीहरु यतिबेला संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए । मोवाईल बिक्रीमा अत्यन्तै कम मार्जिन रहेको, अनलाईन तथा अफ्लाईनका नाममा अव्यवसायिक प्रतिस्पर्धा बढेको, मोवाईललाई विलाशिताको वस्तुका रुपमा हेरिएका कारण आयातमा कडाई भइरहेको अवस्थाले व्यसायी संकटमा पुगेको अध्यक्ष भट्ट्राईको तर्क छ ।

अध्यक्ष भट्टराईले राज्यलाई कर तिरेको अनुपातका आधारमा पेशागत तथा सामाजिक सुरक्षाकाको ग्यारेण्टी गरिदिन सरकारसँग माग गरे। उनले स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्न सरकारलाई सहजीकरण गर्ने समेत बताए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीले विभाग र महासंघको सहकार्यमा व्यवसायीहरुलाई करसम्बन्धी विषयमा सचेतना जगाउँदै अनावश्यक झण्झटबाट मुक्ति दिने प्रतिबद्धता जनाए ।

ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्यले समाज रुपान्तरणमा मोवाईलले महत्वपूर्ण भूमिका निर्वाह गरे पनि त्यही व्यवसायबाट बाँच्ने व्यवसायीहरु समस्याग्रस्त रहेको सुन्दा दुःख लागेको बताउनुभयो ।

मोवाईल व्यवसायी महासंघका महासचिव रमेश कुमार घिमिरे र कोषाध्यक्ष सन्तोष घिमिरेले महासंघको गत आर्थिक बर्षको सांगठनिक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, विभिन्न मोबाईल आयातकर्ता कम्पनीका प्रमुखका साथै मुलुकभरका मोवाईल व्यवसायीहरुको प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS