IME Life
Beema Board

बैशाखमा निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब ६७ करोड, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । बैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरुले कुल २ अर्ब ६७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले एक महिनामा एक लाख ८४ हजार ३१४ वटा पोलिसी जारी गरेका छन् । मर्जर पछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले सर्वाधिक धेरै २९ करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले गएको चैत महिनामा मात्रै ४ अर्ब १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चैतको तुलनामा बैशाख महिनामा निर्जीवन बीमा कम्पनीको व्यवसायमा भारि गिरावट देखिएको छ । समग्र अर्थतन्त्रमै गिरावट आइरहेकाले पनि बीमा व्यवसायमा गिरावट आएको हो ।

Prabhu
Crest

साविक प्रिमियर र सिद्धार्थले विगत १० महिनाको अवधिमा भने ३ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । १० महिनाको अवधिमा कुल तर्फ शिखर नै अगाडी रहेको छ । बैशाख महिनामा मात्रै हेर्ने हो भने शिखरले २७ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ ।

साविक अजोडले पनि बैशाख महिनामा मात्रै २६ करोड ९३ लाख रुपैयाँ व्यवसाय गरेको छ । बैशाख महिनामा मात्रै सगरमाथा लुम्बिनीले २४ करोड ९४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । साविक युनाइटेडले इन्स्योरेन्सले २० करोड २२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । साविक अजोड र युनाइटेडले मर्जर गरेर गत जेठ १४ गते एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।

नेको इन्स्योरेन्सले १९ करोड ६२ लाख, हिमालयन एभरेष्टले १९ करोड ५५ लाख, एनएलजी इन्स्योरेन्सले १७ करोड ६७ लाख, सानिमा जिआइसीले १६ करोड ५८ लाख, नेपाल इन्स्योरेन्सले १२ करोड ७ लाख, प्रभु इन्स्योरेन्सले ११ करोड ६१ लाख, साविक प्रुडेन्सियल इन्स्योरेन्सले ११ करोड ३८ लाख, साविक आइएमई जनरलले ९ करोड २३ लाख, दि ओरिएण्टलले ८ करवड ६९ लाख, नेशनल इन्स्योरेन्स कम्पनीले ६ करोड ९ लाख, राष्ट्रिय बीमा कम्पनीले २ करोड ९९ लाख, आइजिआई प्रुडेन्सियलले २ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS