IME Life

जीवन बीमा गर्दा एक लाख रुपैयाँसम्मको कर छुट दिन बीमकको सुझाव, व्यक्तिगत आयमा कसरी लिने ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमक संघ नेपालले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जीवन बीमा गर्दा एक लाख रुपैयाँसम्मको कर छुट दिन सुझाव दिएको छ । जीवन बीमक संघ र नेपाल बीमा प्राधिकरणले एक आपसमा छलफल गरेर आगामी वर्षको बजेटमा एक लाख रुपैयाँसम्मको कर छुटको सुझाव दिने निर्णय गरेका थिए । यहि अनुसार प्राधिकरणले पनि मन्त्रालयमा कर छुटको लागि सुझाव दिइसकेको छ ।

यस वर्ष सरकारले बीमा प्राधिकरणलाई पनि बीमा सम्बन्धी नयाँ कार्यक्रमहरु नल्याउन अनुरोध गरेको थियो । आर्थिक मन्दी सँगै स्रोतको अभाव हुने भएकाले मन्त्रालयले समावेश गर्नै पर्ने कार्यक्रमहरु मात्रै पेश गर्न अनुरोध गरेको थियो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा बीमा गर्दा २५ हजार रुपैयाँको कर छुट सुविधाको व्यवस्थालाई बढाएर ४० हजार पुर्याइएको थियो । बीमाको दायरा बढाउन कि त अनिवार्य गर्नु पर्छ होइन भने कर छुटका व्यवस्था गरेर प्रोत्साहन गर्नु पर्ने हुन्छ ।

विश्वमै कर छुटको सुविधा दिएर बीमा प्रति आकर्षित गरिएको जीवन बीमक संघका अध्यक्ष पोषक राज पौडेलले जानकारी दिए । कसैले पनि बीमा गर्दा स्वेच्छिक रुपमा गर्दैनन् । यदि कर छुट पाइन्छ भनियो भने आम मानिसहरुले बीमालाई एउटा गतिलो माध्यम बनाउछन् ।

बीमा मार्फत राज्यले दीर्घकालिन स्रोत जुटाउन सक्छन् । अहिलेको तरलता अभावको समस्यालाई बीमा कम्पनीहरुले संकलन गरेका बीमा शुल्कले ठुलो मद्दत गर्दछन् । बीमाको बृद्धिदर घटिरहेको सन्दर्भमा यदि सरकारले कर छुटको सिमा बढाइदिने हो भने बीमाको दायरा थप फराकिलो हुने विश्लेषकहरु बताउछन् । गएको वर्ष बैंकर्स संघले यहि सुझाव दिएको थियो । कर छुटको व्यवस्थाले राज्यलाई क्षणिक रुपमा राजस्व घटेको अनुभुति गरे पनि समयको अन्तरालमा यसले अर्थतन्त्रको चक्रलाई नै ठुलो प्रभाव पार्न सक्छ ।

यसरी पाउन सकिन्छ कर छुट

यदि कुनै व्यक्तिको न्युनतम आयको सिमा नाघेर बढि कर तिरिरहनु परेको छ भने बीमा गरेर कर छुटको सुविधा पाउन सकिन्छ । चालु आर्थिक वर्षको बजेट मार्फत ५ लाख रुपैयाँसम्मको कर योग्य आयमा एक प्रतिशत कर भुक्तानी गरे पुग्छ । त्यस्तै विवाहित व्यक्तिको हकमा ६ लाख रुपैयाँसम्मको आयमा एक प्रतिशत कर भुक्तानी गर्दा पुग्छ ।

यदि कर योग्य आय व्यक्तिको हकमा ५ लाखदेखि ७ लाख रुपैयाँ रहेको छ भने पहिलो ५ लाखका लागि एक प्रतिशत र पछिल्लो दुई लाखका लागि थप १० प्रतिशतका दरले १० हजार रुपैयाँ भुक्तानी गर्नु पर्छ । दम्पत्तीको हकमा पहिलो ६ लाख रुपैयाँसम्म एक प्रतिशत र ६ लाखदेखि ८ लाख रुपैयाँसम्मको हकमा थप १० प्रतिशत भुक्तानी गर्नु पर्छ ।

यदि कुनै दम्पत्तीको ६ लाख रुपैयाँ भन्दा माथि आम्दानी छ भने बीमा मार्फत ६ लाख ४० हजार रुपैयाँसम्मको आम्दानीमा एक प्रतिशत मात्रै कर तिरे पुग्छ र बाँकीको हकमा मात्रै १० प्रतिशत तिर्नु पर्छ । यसका लागि बीमितले न्युनतम पनि वार्षिक ४० हजार रुपैयाँ भन्दा बढि बीमा शुल्क भुक्तानी गर्नु पर्छ । यसै गरी अन्य आम्दानीको हकमा पनि यहि नियम लागु हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS