IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीलाई अनिवार्य विज्ञापन गर्न प्राधिकरणको निर्देशन, कुल बीमा शुल्कको १.५ प्रतिशतको सिलिङ

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बजार प्रवर्द्धनका लागि गर्ने कुल खर्चको २५ प्रतिशत रकम बिज्ञापनका लागि खर्च गर्नु पर्ने भएको छ । प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ५७ को ‘ख’ पछि दफा ५७ ‘ग’ थप गर्दै यस्तो व्यवस्था गरेको हो ।

निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुले आफ्नो कुल व्यवस्थापन खर्च अन्तर्गत अतिथि सत्कार, व्यापार प्रवर्द्धन, विज्ञापन तथा प्रचार प्रसार र अभिकर्ता अन्य शिर्षकमा खुद बीमा शुल्कको बढीमा एक दशमलब पाँच प्रतिशतसम्म खर्च गर्न पाउने व्यवस्था थप गरिएको छ ।

Prabhu
Crest

यस सँगै निर्जीवन बीमा कम्पनीहरुले आफ्नो कुल बीमा शुल्क आर्जनको १.५ प्रतिशत रकम यस्तो क्षेत्रमा खर्चै गर्नै पर्ने भएको छ । यसै दफाको ‘ग २’मा यस्तो खर्च मध्येबाट कम्तिमा पनि २५ प्रतिशत रकम विज्ञापन तथा प्रचार प्रसार शिर्षकमा खर्च गर्नु पर्ने व्यवस्था गरिएको हो ।

यस सँगै निर्जीवन बीमा कम्पनीहरुले विज्ञापनमा खर्च बढाउनु पर्ने भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस मध्येबाट १.५ प्रतिशत अर्थात ४५ करोड २ लाख रुपैयाँ खर्च गर्नु पर्ने हुन्छ । यस मध्ये कम्तिमा पनि २५ प्रतिशत अर्थात ११ करोड २५ लाख रुपैयाँ बराबरको बिज्ञापनमा खर्च गर्नु पर्ने भएको छ । केहि विदेशी निर्जीवन बीमा कम्पनीहरुले सञ्चार माध्यममा विज्ञापन गर्ने गरेको पाइदैन । साथै बजारमा नाम चलेका बीमा कम्पनीहरुले पनि खासै विज्ञापन गर्न रुचाउदैनन् । अव भने विज्ञापन गर्न बाध्य हुने छन् ।

सुशासन-चौथो-संशोधन-1

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS