IME Life
Beema Board

दुई लघुवित्तको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
NIC ASIA

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा भएको छ । कम्पनीको गत पुस ३० गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित २३ बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा भएको हो ।

भौतिक रूपमा शेयर धारण गरेका शेयरधनीहरूले कम्पनीको शेयर अभौतिकीकरण गराएपछि मात्रै हितग्राही खातामा बोनस शेयर जम्मा हुनेछ । कम्पनकिो शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

Prabhu
Crest

त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको १४ दशमलव २८ प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीको गत चैत ११ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत भएपछि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो ।

यस वर्ष कम्पनीले साधारण सभाबाट नै बोनशसँगै कर प्रयोजनका लागि शून्य दशमलव ७१ प्रतिशत नगद लाभांशसमेत वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । यसर्थ बोनश शेयरका लागि सम्बन्धित शेयरधनीहरूले कर तिर्नुपर्ने छैन ।

कम्पनीले लाभांश प्रयोजनका लागि फागुन २६ गते एक दिन बुक क्लोज गरेको थियो । यसका आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । फागुन २५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको बोनश शेयर सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवापत्र प्राप्त भएपछि मात्रै हितग्राही खातामा जम्मा गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

17%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS