IME Life
Beema Board

युनाइटेट र अजोडले पाए मर्जरको अन्तिम स्वीकृति, एकिकृत कारोबार कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले युनाइटेड र अजोड इन्स्योरेन्स कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति प्रदान गरेको छ । दुबै कम्पनीले गत बैशाख २५ गते एकै दिन छुट्टा छुट्टै बसेको साधारणसभाबाट मर्जरको विशेष प्रस्ताव पारित गरेका थिए ।

साधारणसभाबाट मर्जरको प्रस्ताव पारित हुने वित्तीकै कम्पनीले मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले अन्तिम स्वीकृति प्रदान गरे सँगै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, सिडिएससी, नेप्से लगायतका स्थानबाट पनि अनुमति प्राप्त गर्नु पर्छ ।

Prabhu
Crest

मर्जर पछि कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी हुनेछ । मर्जरका लागि आवस्यक सम्पुर्ण प्रकृयाँ पुरा गर्न अगाडी बढिरहेको कम्पनीले यहि १७/१८ गते एकिकृत कारोबारको तयारी गरेको छ । यदि सबै स्थानबाट समयमै स्वीकृति पाइयो भने १७ गते बुधबार संयुक्त कारोबारको उद्घाटन गर्ने तयारी छ ।

मर्जर पछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत को हुने भन्ने अहिलेसम्म निर्क्यौल हुन सकेको छैन । अजोडका प्रमुख कार्यकारी अधिकृतलाई मर्जर पछि प्रमुख कार्यकारी अधिकृत नबनाउने मर्जर कमिटीको योजना छ । त्यसैले अहिले अजोडको तर्फबाट सिइओको खोजि भइरहेको छ । यस पदका लागि बजारमा लामो समय काम गरेका पुर्व तथा वर्तमान सिइओहरुले चासो व्यक्त गरिरहेको भएता पनि तलब भत्ताका कारण कुरा मिल्न नसकेको बुझिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

29%

अचम्मित

14%

उत्साहित

29%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS