IME Life
Beema Board

निर्जीवन बीमा कम्पनीले भित्राए ११ अर्ब १६ करोड ब्यवसाय, पाँच कम्पनीको घट्दा कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । समग्र निर्जीवन बीमा व्यवसाय बृद्धि भएता पनि पाँच कम्पनीको ब्यापार भने खस्किएको छ । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९/ ८० को तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको आधारमा यस्तो देखिएको हो । चैत मसान्तसम्ममा १६ निर्जीवन बीमा कम्पनीहरुले ११ अर्ब १६ करोड ८ लाख ९३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले १० अर्ब ४३ करोड ३५ लाख ७७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए । गत वर्षको तुलनामा यस अवधिमा कम्पनीहरुको व्यवसाय ७ प्रतिशतले बृद्धि भएको हो ।

कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा प्रकाशन गरेको तथ्याङक हेर्दा समग्र व्यवसायमा बृद्धि देखिएता पनि पाँ कम्पनीको ब्यापर घटेको छ । नेको इन्स्योरेन्सको नाफा गत आर्थिक वर्षको यसै अवधिको भन्दा ४ प्रतिशतले गिरावट आएको छ । गत वर्ष १ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्ममा १ अर्ब ३१ करोड ९२ लाख रुपैयाँ मात्रै खुद बीमा शुल्क आर्जन गरेको हो ।
शिखर इन्स्योरेन्सले यस अवधिमा १ अर्ब २३ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ९ प्रतिशतले बृद्धि भएको छ । फागुनमा एकिकृत कारोबार गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा गत वर्षका तुलनामा ५ प्रतिशतले घटेको छ । यस अवधिसम्ममा कम्पनीले १ अर्ब ३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

यस अवधिसम्ममा साविक सिद्धार्थ इन्स्योरेन्सले ९० करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८९ करोड ५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले ७० करोड ३९ लाख, सावि प्रियिर इन्स्योरेन्सले ६९ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, यस अवधिसम्ममा ओरिएण्टल इन्स्योरेन्स कम्पनीको नाफा घटेको छ । गत वर्ष ६७ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको यस कम्पनीले यस अवधिमा ६७ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफले ६० करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । साविक आइएमई जनरल इन्स्योरेन्सले ५९ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले ५३ करोड ११ लाख ब्यापर गरेको छ ।

त्यसैगरी अजोड इन्स्योरेन्सले ५२ करोड २ लाख, सानिमा जिआइसीले ४७ करोड ६८ लाख खुद बीमा शुल्क आर्जन गरेका छन् । यूनाइटेड इन्स्योरेन्सको खुद बीमा शुल्क गत वर्षको तुलनामा ४१ प्रतिशतले घटेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको खुद बीमा शुल्क १२ प्रतिशतले घटेको छ । राष्ट्रिय बीमा कम्पनीले यस अवधिमा २६ प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS