IME Life
Beema Board

प्राधिकरणको मर्जर नीति: ८ वटा सफल हुँदा ९ कम्पनीको विलय, मर्जरको विश्व रेकर्ड बनाउदै !

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मर्जर नीतिले हालसम्म ९ वटा कम्पनी बजारबाटै विलय भएका छन् । ८ वटा मर्जर सफल हुँदा ९ वटा कम्पनीको संख्या घटेको हो । प्राधिकरणले मर्जरको नीति अख्तियार गरे पनि भर्खरै ७ वटा लघु बीमा कम्पनीको लाइसेन्स वितरणले संख्यामा खासै तल माथि हुन सकेको छैन ।

प्राधिकरणले २०७८ चैत १० गते ल्याएको क्यापिटल प्लान पछि बीमा कम्पनीहरुले मर्जरको बाटो रोजेका थिए । प्राधिकरणले क्यापिटल प्लान सँगै हकप्रद शेयर निष्काशनलाई रोक लगाए पछि बीमा कम्पनीहरु बाध्य भएर मर्जरमा गएका थिए ।

Prabhu
Crest

प्राधिकरणले जीवन बीमा कम्पनीको लागि एकै पटक २ अर्बबाट ५ अर्ब र निर्जीवन बीमा कम्पनीको लागि एक अर्बबाट एकै पटक साढे दुई अर्ब कायम गरे पछि कम्पनीहरुले मर्जरका लागि जोडि खोज्न थालेका थिए । प्राधिकरणले कम्पनीहरुलाई मर्जरको लागि सहजिकरण पनि गरिदिएको छ ।

बजारमा बीमा कम्पनीको संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा मौलाएको प्राधिकरणको विश्लेषण छ । कम्पनीहरुको क्षमता नहुँदा काठमाडौं र शहरमा मात्रै केन्द्रित हुने र लगानी गर्न डराउथे । प्राधिकरणले मर्जर सँगै कम्पनीहरुलाई अनुसन्धान लगायतका क्षेत्रमा लगानी गर्न निर्देशन दिदै आएको छ ।

एक वर्षको अवधिमा मर्जर सम्पन्न भएका कम्पनी

१. २०७९ साउन एक गते : हिमालयन र एभरेष्ट मिलेर हिमालयन एभरेष्ट

२. २०७९ कार्तिक ७ गते : सानिमा र जिआइसी मिलेर सानिमा जिआईसी

३. २०७९ पुस ७ गते : सूर्या र ज्योति मिलेर सुर्यज्योति

४. २०७९ फागुन १७ गते : सिद्धार्थ र प्रिमियर मिलेर सिद्धार्थ प्रिमियर

५. २०७९ फागुन २९ गते : सगरमाथा र लुम्बिनी मिलेर सगरमाथा लुम्बिनी

६. २०७९ चैत ९ गते : सानिमा र रिलायन्स मिलेर सानिमा रिलायन्स

७. २०८० बैशाख २६ गते : गुराँस, प्राइम र यूनियन मिलेर हिमालयन लाइफ

८. २०८० बैशाख २७ गते : आईएमई जनरल र प्रुडेन्सियल मिलेर आइजीआई प्रुडेन्सियल

मर्जरमा विश्व रेकर्ड बनाउदै नेपाल

निर्जीवन बीमा कम्पनीहरु विच मर्जरका धेरै उदाहरण विश्वमाझ छन् । तर जीवन बीमाको मर्जर विरलै हुन्छ । जीवन बीमा कम्पनीहरुले दीर्घकालिन दायित्व बहन गर्ने भएकाले मर्जर कठिन मानिन्छ । तर बैशाख २६ गते साविक गुराँस प्राइम र यूनियन लाइफले मर्जर गरेर हिमालयन लाइफको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेका छन् । विश्वमा जीवन बीमाको मर्जर हालसम्म दुई कम्पनीहरु विच मात्रै भएका उदाहरण छन् । तर गुराँस, प्राइम र यूनियनले मर्जरको नयाँ मोडल स्थापित गरिदिएका छन् ।

छिमेकी मुलुक भारतमा पनि टप १० मर्जरको सूचीमा ६ वटा बीमा कम्पनीहरु छन् । जसमा थोरै मात्रै जीवन बीमा छन् नत्र निर्जीवन बीमा कम्पनीको संख्या धेरै छ । भारतको बीमा बजारमा भारती एक्सा नन लाइफ र आइसिआइसी आइ लोम्बार्ड जनरल इन्स्योरेन्सको मर्जरलाई उदाहरणीय मर्जरको रुपमा लिइन्छ । त्यस्तै एचडिएफसी लाइफ र म्याक्स लाइफ विच मर्जर भएको थियो । प्राय क्रस होल्डिङका कारण पनि भारतमा मर्जर हुने गरेको पाइन्छ ।

नेपाली बीमा बजारमै जीवन बीमा तर्फ तीन वटा मर्जर सफल भइसकेका छन् । मर्जर भएर एकिकृत कारोबार भए पनि सिनर्जी इफेक्ट हेर्न बाँकी छ । यदि अहिलेसम्मका मर्जर सफल ठहरिएमा विश्वमै नेपाल बीमाको मर्जरमा उदाहरणीय बन्ने निश्चित छ । अझै केहि कम्पनी मर्जरको प्रकृयाँमा रहेकाले अझै मर्जरको संख्या बढ्ने निश्चित छ ।

विश्व बजारमा बीमा कम्पनीको मर्जर संख्या बढि भएर भन्दा पनि कुनै एक कम्पनीले आफुलाई बजारमा टिकाउन नसकेको अवस्थामा मर्जर हुने गरेको पाइन्छ । तर नेपालमा कम्पनी टिक्न नसकेर वा चल्नै नसकेर भन्दा पनि संख्या धेरै हुँदा प्रतिफल कम आउने भए पछि मर्जर हुने गरेको छ । बीमा कम्पनीका लगानीकर्ताले प्रतिफल पाउन धेरै गाह्रो छ । कम्पनी चलाउने केहि सिमित व्यक्ति बाहेक सकैले पनि बीमा कम्पनीबाट लाभ लिन सक्दैनन् । त्यसैले पनि लगानीकर्ताहरु बीमाको मर्जरमा आकर्षित भएका हुन् ।

सँग सँगै नेपाल राष्ट्र बैंकदेखि लिएर बीमा प्राधिकरण नै एक व्यक्ति तथा परिवारले १५ प्रतिशत भन्दा बढि स्वामित्व ग्रहण गर्न पाउदैनन् । जसले गर्दा बीमा कम्पनीका लगानीकर्ताले आफ्नो हिस्सा ‘स्टेक’ भन्दा पनि प्रतिफललाई हेरेर काम गर्छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

0%

दु :खी

30%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS