IME Life
Beema Board

साविक सिद्धार्थ इन्स्योरेन्सको नाफा १२६ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानी २७ रुपैयाँ ९७ पैसा

SPIL
NIC ASIA

काठमाडौं । साविक सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको दाबी भुक्तानी बाहेक अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

१ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ३९ करोड १५ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २५ करोड ३९ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ९ करोड रुपैयाँ थियो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले ३९ करोड २६ लाख खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा १२६ प्रतिशतले बढी हो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले ९० करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८३ करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ३९ करोड ५९ लाख खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी कम हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २७ रुपैयाँ ९७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ २३४ रुपैयाँ ३६ रहेको छ । मुल्य आम्दमनी अनुपात २८.९३ गुणा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS