IME Life
Beema Board

प्रभु इन्स्योरेन्सको नाफामा सामान्य बृद्धि, खुद बीमा शुल्क आर्जन ५३ करोड ११ लाखमाथि

SPIL
NIC ASIA

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद दाबी भुक्तानी घटेको छ भने अन्य अधिकांश सूचकमा सामान्य बृद्धि देखिएको छ ।

१ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा १९ करोड ४२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३२ करोड ३१ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा ९० करोड ७४ लाख रुपैयाँ थियो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले १७ करोडमाथि खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा सामान्य बढी हो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले ५३ करोड ११ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड ४६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले १३ करोड ८८ लाख खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ६२ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी सामान्य कम हो ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ १९३ रुपैयाँ रहेको छ । मुल्य आम्दमनी अनुपात ३८ गुणा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS