IME Life
Beema Board

शिखर इन्स्योरेन्सको ब्यापार ९ प्रतिशतले बढ्दा खुद दाबी भुक्तानी ७० करोड ५५ लाखमाथि

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा बाहेक अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ६३ करोड ६२ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ७५ करोड ५५ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ थियो ।

Prabhu
Crest

यस अवधिमा कम्पनीले ३४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३६ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ६ प्रतिशतले कम हो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले १ अर्ब २३ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १३ करोड १० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ७० करोड ५५ लाख खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी बढी तिरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ ४७ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४१.९५ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १८९ रुपैयाँ १७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS