IME Life
Beema Board

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफामा सामान्य बृद्धि, बीमा कोषको आकार २ अर्ब २० करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क बाहेक अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

यस अवधिमा कम्पनीले २९ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ३ प्रतिशतले बढी हो ।

Prabhu
Crest

२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ८३ करोड ७९ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ६० करोड ८६ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा २ अर्ब २० करोड २ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १८ करोड २५ लाख रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले १ अर्ब ३ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ५ प्रतिशतले घटेको हो ।

यस अवधिमा कम्पनीले ८१ करोड ८६ लाख खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी बढी तिरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १४ रुपैयाँ ९८ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४४.४५ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ २२२ रुपैयाँ ५६ पैसा रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS