IME Life
Beema Board

नेको इन्स्योरेन्सको बीमा कोषको आकार २० प्रतिशतले बढ्यो, दाबी भुक्तानीमा आक्रामक (रिपोर्ट सहित )

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्सुरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको तथ्यांक अनुसार कम्पनीले ३४ करोड १८ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो नाफा ३४ करोड २६ लाख थियो । नाफा सामान्य घटेको छ ।

कम्पनीले ९ महिनामा २ अर्ब २६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब २४ करोड थियो । कुल बीमा शुल्क आर्जन करिब १ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कम्पनीले १ अर्ब ३१ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

१ अर्ब ३७ करोड कुल दाबी भुक्तानी गरेको कम्पनीको १ अर्ब ३८ करोड बराबरको दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्ष भुक्तानी हुन् बाँकी दाबी २ अर्ब माथि थियो । गत आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले यस वर्ष ५३ प्रतिशत धेरै कुल दावी भुक्तानी गरेको छ ।

२ अर्ब १ करोड चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ३९ करोड ६२ लाख रहेको छ । बीमा कोषमा १ अर्ब ५३ करोड संचित छ । एक वर्षको अवधिमा बीमाकोष २० दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित रिपोर्ट अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २२ रुपैयाँ ६५ पैसा र प्रति शेयर नेट्वर्थ २०० रुपैयाँ २९ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS