IME Life
Beema Board

सिद्धार्थ प्रिमियरले पुरा गर्यो तीन दशकको यात्रा, मर्जर पछि थप शशक्त

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपाली बीमा बजारमा तीन दशकको यात्रा पुरा गरेको छ । साविक प्रिमियर इन्स्योरेन्स कम्पनीले आज भन्दा ठिक तीस वर्ष अगाडी अर्थात २०५० साल बैशाख २९ गतेदेखि निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो ।

कम्पनीले २९ वर्ष पुरा गरी ३० औ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ग्राहकवर्ग, कर्मचारी, शुभचिन्तक तथा सम्पुर्ण सरोकारवालाहरुमा आभार व्यक्त गरेको छ । स्थापना कालदेखि हालसम्म गुणस्तरीय सेवा र व्यावसायिकताका कारण कम्पनीले ग्राहकको सन्तुष्टि जित्न सफल हुनुका साथै स्थानीय र अन्तराष्ट्रिय बीमा क्षेत्रमा प्रतिष्ठा हासिल गरिसकेको छ । यसै क्रमलाई निरन्तरता दिन नेपाल बीमा प्राधिकरणको मर्जरको नीतिलाई आत्मसाथ गर्दै साविक प्रिमियर र सिद्धार्थले मर्जरको बाटो रोजेका थिए ।

Prabhu
Crest

तीन वर्ष पुरानो प्रिमियर र १८ वर्ष पुरानो सिद्धार्थ मिलेर गत फागुन १८ गतेदेखी सिद्धार्थ प्रिमियरको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका थिए । प्रिमियरले २०५१ बैशाख २९ गते निर्जीवन बीमा ब्यवसाय शुभारम्भ गरेको थियो भने सिद्धार्थ इन्स्योरेन्सले २०६२ बैशाखदेखि सुरु गरेको थियो ।

मर्जर सँगै सिद्धार्थ प्रिमियरको सम्पुर्ण सूचकमा व्यापक बृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड पुगेको छ । नेपालभर १३० वटा शाखा सञ्जालबाट निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ ।

कम्पनीले ६५० भन्दा धेरै कर्मचारीबाट सेवा प्रवाह गर्दै आइरहेको छ । मर्जर पछि कम्पनीको सम्पत्ती तथा लगानीमा ह्वात्तै बृद्धि भएको छ । कम्पनीका अनुसार हाल कम्पनीको कुल सम्पत्ती ६ अर्ब २१ करोड भन्दा माथि छ । त्यस्तै विभिन्न क्षेत्रमा ७ अर्ब ६० करोड भन्दा माथिको लगानी गरेको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्ष सुरेशलाल श्रेष्ठ थिए भने प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्री रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS