IME Life
Beema Board

मूल्यबृद्धि घट्ने राष्ट्र बैंकको प्रक्षेपण, इन्धनको मूल्य समायोजन गरि सवारी भाडादर घटाउन सुझाव

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले अवका दिनमा मूल्य बृद्धि क्रमश घट्दै जाने प्रक्षेपण गरेको छ । बाह्य तथा आन्तरिक आर्थिक परिदृश्य र आयातीत वस्तुहरुको घट्दो मूल्य वृद्धिदरलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चाप क्रमशःकम हुँदै जाने राष्ट्र बैंकको विश्लेषण छ ।

नेपालमा उपभोग्य वस्तुको मूल्य खासगरी आन्तरिक उत्पादन, आयातीत वस्तुहरुको मूल्य र थोक तथा खुद्रा बिक्रेताले लिने मार्जिनमा निर्भर रहने गर्दछ । आयाततर्फ, करीब दुई–तिहाई आयात भारतबाट हुने गरेको छ । भारतमा थोक मूल्य घट्दै गइरहेको छ । सन् २०२२ मार्च
महिनामा भारतमा थोक मूल्य वृद्धि १४.६३ प्रतिशत रहेकोमा सन् २०२३ मार्च महिनामा १.३४ प्रतिशतमा झरेको छ । यसर्थ, बाह्य तथा आन्तरिक आर्थिक परिदृश्य र आयातीत वस्तुहरुको घट्दो मूल्य वृद्धिदरलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चाप क्रमशःकम हुँदै जाने राष्ट्र बैंकको प्रक्षेपण रहेको छ ।

Prabhu
Crest

बिक्रेतालाई अस्वभाविक मार्जिन लिन नदिने गरी बजार अनुगमन प्रभावकारी बनाउन सकेमा र अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेअनुरुप नेपालमा पनि इन्धनको मूल्य समायोजन गरी सवारी साधनको भाडा दर घटेमा उपभोक्ता मुद्रास्फीति घट्न थप सहयोग पुग्नेछ ।
२०७९ चैत महिनामा गरिएको मूल्य अपेक्षासम्बन्धी सर्वेक्षणमा सर्वसाधारणको मूल्य वृद्धिप्रतिको अपेक्षा २०७९ पुसकै स्तरमा रहेकोछ ।

मुद्रास्फीति अझै लक्ष्यभन्दा केही माथि रहेको छ । २०७९ चैत मसान्तमा वार्षिक बिन्दुगत मुद्रास्फीति ७.७६ प्रतिशत रहेको छ । २०७८ चैत मसान्तमा यस्तो मुद्रास्फीति ७.२८ प्रतिशत रहेको थियो । गत वर्षको नौ महिनामा औसत मुद्रास्फीति ५.७३ प्रतिशत रहेकोमा चालु वर्षको
नौ महिनामा औसत मुद्रास्फीति ७.९१ प्रतिशत रहेको छ । खाद्यान्न, दुग्धपदार्थ, घरायसी उपभोग्य वस्तुहरु, आयातीत वस्तुहरु र ईन्धनकोमूल्य वृद्धिका साथैनेपाली रुपैयाँ अवमूल्यनका कारण उपभोक्ता मूल्यमा चाप परिरहेको छ । चालु आर्थिक वर्षको औसत मुद्रास्फीति लक्ष्यभन्दा केही माथि रहने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS