IME Life
Beema Board

नेपाल इन्स्योरेन्सको व्यवसाय स्थिर, मुनाफा ५९ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा व्यवसाय स्थिर हुँदा मुनाफा भने ५९ प्रतिशलते बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमाशिक अवधिमा २८ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १७ करोड ९४ लाख रुपैयाँ थियो ।

खुद बीमा शुल्क आर्जन भने गत वर्षकै जति ६० करोड रुपैयाँ रहेको छ । कुल बीमा शुल्क आर्जन भने एक अर्ब २० करोड रुपैयाँ रहेको छ । गत वर्षको यहि अवधिम एक अर्ब १७ करोड रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीले १८ करोड ९८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरको छ । गत वर्षको यहि अवधिमा कम्पनीले १५ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

Prabhu
Crest

कम्पनीले अझै ८२ करोड ३७ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ । दाबी भुक्तानी गर्न बाँकी रकम मध्येमा कोरोना बीमा बापत २३ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४३ करोड ६२ लाख रुपैयाँ मात्रै छ । कम्पनीलाई साढे दुई अर्ब रुपैयाँ पूँजी पुर्याउन अझै एक अर्ब एक करोड आवस्यक पर्छ ।

प्रतिशेयर आम्दानी २५ रुपैयाँ रहेको नेपाल इन्स्योरेन्सको पिइ रेसियो २० रुपैयाँ र प्रतिशेयर नेटवर्थ १८९ रुपैयाँ रहेको छ । प्रतिशेयर कुल सम्पत्ती मूल्य ३३३ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS