IME Life
Beema Board

ओरिएण्टल इन्स्योरेन्सको नाफा २० प्रतिशतले बढ्यो, बीमा कोषको आकार १ अर्ब ३५ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९/ ८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जनमा सामान्य गिरावट देखिएको छ भने खुद दाबी भुक्तानी पनि घटेको छ ।

यस अवधिमा कम्पनीले ३९ करोड २२ लाख ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ६४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा २० प्रतिशतले बढी हो ।

Prabhu
Crest

१ अर्ब ८६ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ५१ करोड ३७ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३० करोड ३० लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब ३५ करोड २८ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १४ करोड १९ लाख रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले ६७ करोड ६८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६७ करोड ८३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य घटेको हो ।

यस अवधिमा कम्पनीले ३४ करोडमाथि खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी कम तिरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS