IME Life
Beema Board

जीवन बीमा कम्पनीहरुले संकलन गरे ८३ अर्ब ७२ करोड नविकरण बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ८३ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार यी कम्पनीहरुले यस अवधिसम्ममा १ करोड ४१ लाख ६५ हजार ९९८ वटा बीमा पोलिसी विक्री गरेका छन् । यस अवधिमा यी कम्पनीहरुले २१ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यसै अवधिसम्ममा यी कम्पनीहरुले १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार यस अवधिसम्ममा सबैभन्दा धेरै नविकरण बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ अगाडी रहेको छ । कम्पनीले यस अवधिसम्ममा २३ अर्ब १९ करोड रुपैयाँ नविरकण बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब २९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यसैगरी नेशनल लाइफले ८ अर्ब ७५ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ६३ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । यूनियन लाइफले ४ अर्ब ८४ करोड रुपैयाँ नविकरण बीमा शूल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले ४ अर्ब ३२ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, एशियन लाइफले ४ अर्ब १४ करोड रुपैयाँ, मेट लाइफले २ अर्ब ९७ करोड रुपैयाँ, प्राइम लाइफले २ अर्ब ७५ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब ७४ करोड रुपैयाँ, आइएमई लाइफले २ अर्ब २ करोड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ९७ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ७० करोड, सन नेपाल लाइफले १ अर्ब ५५ करोड रुपैयाँ, रिलायन्स लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, सानिमा लाइफले १ अर्ब १९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिसम्ममा प्रभु लाइफले १ अर्ब ९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । महालक्ष्मी लाइफले ८४ करोड ७७ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छ । त्यस्तै, सानिमा रिलायन्स लाइफले १६ करोड ८० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS