IME Life
Beema Board

बजेटको प्राथमिकतामा बीमा क्षेत्र, सरकारले नियामक बीमा प्राधिकरणकै क्षमता अभिबृद्धि गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल सरकारले बीमा क्षेत्रको पारदर्शिता र जवाफदेहितालाई अभिबृद्धि गर्न नियमनलाई सुदृढ गर्ने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता विकास गर्ने गर्ने किसिमका कार्यक्रम ल्याउने भएको छ । बीमा र लघु बीमाको पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गरिने सरकारले जनाएको छ ।

नेपाल सरकारले विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने क्रममा बीमालाई पनि जोड दिएको हो । आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवम् समावेशी आर्थिक बृद्धि हासिल गर्ने, रोजगारका अवसर बढाउने, सुशासन प्रवर्द्धन गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारीता कायम गर्ने तर्फ परिलक्षित हुने अर्थमन्त्री डा. प्रकाश शरण महतले जानकारी गराएका छन् ।

Prabhu
Crest

यसै क्रममा वित्तीय क्षेत्रलाई स्वस्थ एवम् प्रभावकारी बनाइने  उनले जनाएका छन् । वित्तीय मध्यस्थता लागत कम गरी लगानीको लागि पूँजीमा पहुँच सहज बनाइने भएको छ । वैङ्क तथा वित्तीय संस्था, लघु वीत्त, वीमा र पुँजीबजारको पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गरिने छ। वित्तीय क्षेत्रका नियमनकारी निकायको संस्थागत क्षमता विकास गरिनेछ । सहकारी क्षेत्रको नियमनलाई सवल बनाउन नीतिगत र कानूनी सुधार गरिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS