IME Life
Beema Board

सिटिजन लाइफको जीवन बीमा कोष ५३ % ले वृद्धि हुँदा कति भयो नाफा ? (रिपोर्ट सहित )

SPIL
NIC ASIA

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार ९ महिनामा कम्पनीले ४ अर्ब १ करोड माथि बीमा कुल शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ७९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । एक वर्षको अवधिमा कुल बीमा शुल्क आर्जन करीब ६ प्रतिशतले वृद्धि भएको छ ।

तेश्रो त्रैमाससम्म कम्पनीले १५ करोड १ लाख खुद नाफा गरेको छ । गत आर्थिक वर्ष यो नाफा १४ करोड ६३ लाख थियो ।

Prabhu
Crest

२ अर्ब ६२ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा १ अर्ब २८ करोड रहेको छ । एक वर्षको अवधिमा जगेडा रकम ५४ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कोष ५३ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ४७ करोड पुगेको छ।  एक वर्ष अघि जीवन बीमा कोषमा ५ अर्ब ५३ करोड थियो ।

दावी भुक्तानीमा पनि कम्पनी आक्रामक देखिएको छ। कुल दावी भुक्तानी ५० प्रतिशतले वृद्धि हुँदै १ अर्ब ३३ करोड पुगेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS