IME Life

बेष्ट फाइनान्सले डाक्यो २६औं वार्षिक साधारण सभा, के-के छन् प्रस्ताव ?

SPIL
NIC ASIA

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले आफ्नो २६औं वार्षिक साधारण सभा बैशाख २९ गते गर्ने भएको छ । कम्पनीले उक्त सभा नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ११ बजे सभा गर्ने जनाएको हो । कम्पनीको बैशाख ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

सभाले यस बेष्ट फाइनान्स कम्पनीको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७२/७९ को बार्षिक वित्तीय विवरण २०७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायत बार्षिक वित्तीय विवरणसंग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

सभाले लेखापरिक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७१/८० को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जनाएको छ । यस बित्तीय संस्थाले भबिष्यमा अन्य उपयुक्त बैंक तथा बित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पति र दायित्व मुल्याँकन गर्नको लागि मान्यता प्राप्त मुल्याँकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमीक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आबश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि बैशाख १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसकारण बैशाख ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS