IME Life
Beema Board

वर्ष २०७९ मा शेयर बजारबाट लगानीकर्ताले कति गुमाए ? कुन सेक्टरका लगानीकर्ता बचे ?

SPIL
NIC ASIA

काठमाडौं । वर्ष २०७९ को  शेयर बजारका लगानीकर्ताको लागि त्यति राम्रो रहेन । वर्ष २०७९ मा लगानीकर्ताले ६ खर्ब सम्पत्ति शेयर बजारबाट गुमाएका छन् । २०७८ को अन्त्यमा ३४ खर्ब २६ अर्ब रहेको कुल बजार पूँजीकरण वर्ष २०७९ मा बजार बन्द हुँदा २८ खर्ब १३ अर्ब पुगेको छ । एक वर्षको अवधिमा बजार पूँजीकरण ६ खर्ब १२ अर्बले घटेको छ ।

यो वर्ष नेप्से परिसूचकमा करीब ५०० अंकको गिरावट आएको छ । २०७८ मा बजार बन्द हुँदा २४१५ मा नेप्से परिसूचक बन्द भएकोमा २०७९ मा नेप्से परिसूचक १९३४ मा बन्द भएको छ । समिक्षा अवधिमा नेप्से परिसुचक ४८० दशमलव ७८ प्रतिशत घटेको छ । प्रतिशतमा हेर्दा यो वर्ष नेप्से परिसूचक करीब २० प्रतिशत घटेको छ ।

Prabhu
Crest

यो वर्ष कारोबारमा आएका १३ समुहगत परिसूचक मध्ये होटल तथा पर्यटनको सूचक मात्र वृद्धि भएको छ । वर्ष २०७९ मा होटल तथा पर्यटन सूचक ७ दशमलव १५ प्रतिशतले बढेको हो । होटल तथा पर्यटन बाहेक सबै समूह घटेका छन् । समुहगत परिसूचक घट्नेमा सबै भन्दा धेरै लघुवित्त समूह रहेको छ । लघुवित्त समूहको परिसूचक २७ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS