IME Life
Beema Board

बैंकको व्याजदर घट्यो, सर्वसाधारण निक्षेप ९.९९ प्रतिशत र संस्थागत तर्फ ७.९९ प्रतिशत मात्रै

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंकर्स संघले निक्षेपको व्याजदर घटाउने निर्णय गरेको छ । बाणिज्य बैंकको छाता संघठन बैंकर्स संघले सर्वसाधारण निक्षेप ९.९९ प्रतिशतमा झार्ने निर्णय गरेको अध्यक्ष सुनिल केसीले जानकारी दिए ।

सर्वसाधारण निक्षेप सँगै संस्थागत निक्षेप पनि ७.९९ प्रतिशतमा झरेको छ । यस सँगै बीमा कम्पनीहरुको निक्षेप पनि ७.९९ प्रतिशतमा झरेको हो । प्रधामन्त्री पुष्पकमल दाहाल सहित अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले हिजै निक्षेपको व्याजदर घटाउने जानकारी दिए ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन गरेर बैंकको व्याजदर बजारले तय गर्ने तर यसका लागि नेपाल सरकार सँग छलफल भइरहेको बताएको थियो । नेपाल उद्योग बाणिज्य महासंघको महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि बैंक व्याजदर धेरै भएको घटाउने विषयमा छलफल भइरहेको बताएका थिए ।

उद्योगी व्यवसायीहरुले बैंक व्याजदर चर्क भएको भन्दै चर्को विरोध गर्दै आइरहेका थिए । व्याजदरकै विषयलाई लिएर व्यवसायीहरुले लामो समयदेखि विरोध जनाउदै आएका थिए । पछिल्लो आर्थिक मन्दीका कारण समग्र अर्थत्नत्र नै स्लोडाउन भइरहेको अवस्थामा बैंकहरुले व्याजदर घटाउने निर्णय गरे सँगै केहि राहत पुग्ने विश्लेषण गरिएको छ ।

निक्षेपको व्याजदर घटे सँगै बीमा कम्पनीहरु भने सबैभन्दा धेरै प्रभावित हुने भएका छन् । ७०/८० प्रतिशत भन्दा धेरै रकम बैंक वित्तीय संस्थाको मुद्दती निक्षेपमा जम्मा गरेका बीमा कम्पनीहरुलाई भने धेरै असर पर्नेछ । तर समग्र अर्थतन्त्रलाई भने केहि राहात दिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

29%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS