IME Life

हार्ने मनस्थिति पछि अभिकर्ता संघको अधिवेशन अगाडी बढेन, निर्वाचन अगाडी नबढ्दा प्रतिनिधिहरु आक्रोसित

SPIL
NIC ASIA

काठमाडौं । हार्ने मनस्थिति पछि पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनमा अहिलेसम्म पनि केन्द्रिय समितिको निर्वाचन प्रकृयाँ अगाडी बढ्न सकेको छैन । निर्वाचन समितिले आज विहान सात बजे उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूचि बनाएको थियो ।

हिजोदेखि सुरु भएको महाधिवेशनको खुला सत्र बसुन्धरास्थित दियालो फुड ल्याण्डमा शुरू भएको थियो । आयोजकले आजको निर्वाचन कार्यक्रम महाराजगञ्जको अरिकल इभेन्टमा सञ्चालन गर्ने जानकारी गराएको थियो । तर आयोजकले अभिकर्ताका प्रतिनिधिहरुलाई औपचारिक रुपमा जानकारी नगराउदा केहि पक्ष दियालो फुड ल्याण्डमै पुगेका थिए भने केहि पक्ष अरिकल इभेन्टमा पुग्दा अन्योलता छाएको छ ।

Prabhu
Crest

निर्वाचन सम्बन्धी जानकारीका लागि निर्वाचन संयोजक कपिलदेव ओलीलाई सम्पर्क गर्दा उनले फोन उठाएनन् । आज तय गरिएको निर्वाचन कार्यक्रममा सर्वसम्मत बनाउने प्रयास गरिएको थियो । यहि क्रममा हिजो कार्यक्रम स्थलमै विवाद भएको थियो ।

अभिकर्ताहरु अहिले दुई कित्तामा विभाजित भएकाले पनि निर्वाचन टुङ्गो लाग्न नसकेको हो । नेपाल लाइफकै गणेश अधिकारी र ओम केसी समुहले विद्यमान महासचिव केदारनाथ अधिकारीलाई अध्यक्षको प्रस्ताव गरेका छन् । त्यस्तै विद्यमान अध्यक्ष नन्द प्रसाद तिवारी समुहले भने नेपाल लाइफका राजेन्द्र अमात्यलाई अध्यक्षको रुपमा अगाडी सारेका छन् । आयोजक नन्द प्रसाद तिवारी समुहले निर्वाचन प्रकृयाँलाई नै अगाडी बढाउन नचाहेको अभिकर्ताहरुको आरोप छ ।

महाधिवेशनमा जम्मा ३७५ जना प्रतिनिधि रहेका छन् । हरेक बीमा कम्पनीहरुको अभिकर्ता संख्याको आधारमा केन्द्रिय महाधिवेशन प्रतिनिधिको कोटा छुट्ट्याइएको छ । सोहि कोटाका आधारमा ८ वटा कम्पनीबाट प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

20%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

80%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS