IME Life New
GBIME

चालु आर्थिक वर्षमा बीमा बोर्डले दियो ८ अर्ब ६४ करोड २२ लाख रुपैयाँ दाबी भुक्तानी, बीमितको संख्या कति पुग्यो ?

SPIL
NLIC

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सातौं बार्षिकोत्सवको पूर्वसन्ध्यामा हालसम्म बोर्डमा भएको प्रगति विवरण सार्वजनिक गरेको छ । बोर्डले सञ्चारकर्मीसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गर्दै उक्त विवरण सार्वजनिक गरेको हो । बोर्डले सार्वजनिक गरेको विवरण अनुरुप चालु आर्थिक वर्षमा मात्रै ८ अर्ब ६४ करोड २२ लाख ३० हजार रुपैयाँ दाबी भूक्तानी गरेको छ ।

स्वास्थ्य बीमा बेर्डले हालसम्म ७७ वटै जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको अवस्था छ । साथै ७४८ स्थानिय तहमार्फत सेवा प्रदान गर्दै आएको बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले बताए । जसमध्ये काठमाडौं र ललितपुर महानगरपालिकामा भने प्रथम सेवा बिन्दुको अभावमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न कठिन भएको उनको भनाई छ । कार्यक्रममा उपस्थित भएकाहरुले कतिपय अस्पतालबाट बीमा कार्ड प्रयोग गरि सेवा प्रदान गर्न आनाकानी गर्ने, उपचार प्रदान नगर्ने, बीमा कार्डबाट औषधि खरिद गर्दा बाहिरको मूल्यभन्दा दोब्बर तिर्नुपर्ने, अस्पतालमा बेड चार्ज महंगो भएको जस्ता समस्याबारे प्रश्न उठान गरेका थिए । उक्त प्रश्नको जवाफ दिँदै निर्देशक बसौलाले बीमितबाट आएको गुनासो सोहि अस्पतालमा पुगेर समाधान गर्दै आएको बताए । उनका अनुसार विगत ५ वर्षदेखि औषधिको मूल्य अपडेट हुन नसक्दा बीमितले केहि बढि रकम तिरेर खरिद गर्नुपरेको र छिट्टै मूल्य अपडेट गर्ने उनले बताए । साथै स्वास्थ्य बीमा कार्ड बोकेर अस्पताल पुगेका बिरामीले २ हजार बेड चार्ज तिरेबापत सबै प्रकारको सेवा सोहि रकमबाट कट्टा गरिने भएको हुँदा उक्त चार्ज महंगो नरहेको उनले बताए ।

Crest

समय–समयमा बोर्डले भुक्तानी नदिएको भन्दै अस्पतालहरुले स्वास्थ्य बीमा सेवा बन्द गर्दै आएको छ । यस विषयमा भने बोर्डले छिटो छरित्तो भुक्तानी गर्ने जमर्काे गर्दै आएको कार्यकारी निर्देशक बसौलाले बताए । प्रक्रिया संवत अघि बढ्दा केहि समय ढिला हुने गरेको उनको भनाई छ ।

हाल बोर्डले स्वास्थ्य बीमा गरेका बीमितहरुलाई १११८ प्रकारका औषधिहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा बोर्डले आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको थैली मार्फत सेवा प्रदान गर्ने तयारी गरेको छ । मुख्य समस्याको रुपमा देखा परेको दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि सुविधाको थैली अद्यावधिक कार्य प्रारम्भका साथै दाबी परीक्षण गर्ने जनशक्ति थप गरिएको छ । यसैगरी बोर्डले विपन्न नागरिक औषधि उपचार कार्यक्रमको निर्देशिका परिमार्जन गर्ने, कैदी बन्दीलाई कार्यक्रममा आबद्धताका लागि आवश्यक कार्यविधि स्वीकृत गरी बीमामा अबद्धता गर्ने कार्यको थालनी गरिने बोर्डले जनाएको छ ।

७७ वटै जिल्लामा सेवाको पहुँच पुगेपनि विभिन्न समस्याहरु भने यथावत नै रहेको छ । अति विपन्न परिवारलाई बीमाको दायराभित्र ल्याउन अझै कठिन बन्दै गएको छ । समयमै दाबी परीक्षण गरी शोधभर्ना गर्न कठिन बनेको छ । अस्पताहरुको फार्मेसी प्रभावकारी रुपमा संचालन हुन नसक्दा यस सम्बन्धी बीमितबाट बारम्बार गुनासो आउने गरेको छ ।

यस्ता छन् स्वास्थ्य बीमा बोर्डको हालसम्मको प्रगति विवरण :
बोर्डमा हालसम्म १९ लाख ९४ हजार ३३८ बीमित परिवार जोडिएका छन् भने बीतिको संख्या ६४ लाख ५४ हजार ७७२ जना पुगेको छ । जसमध्ये ४५ प्रतिशत अर्थात २८ लाख ९३ हजार ५७२ जनाले मात्र सेवा लिने गरेको बोर्डको तथ्याङ्कमा उल्लेख छ । साथै बीमा गरेको मध्ये ७० प्रतिशत अर्थात ३८ लाख ७१ ह्जार ८५० जनाले मात्र नवीकरण गरेका छन् । जसमा, ४३ लाख ३७ हजार ७७३ बीमितबाट दाबी परेको छ । उक्त बीतिलाई बोर्डले ८ अर्ब ६५ करोड २२ लाख ३० हजार ७३ रुपैयाँ दाबी भुक्तानी प्रदान गरेको छ । हाल बोर्डले ४५६ सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्दै आएको छ ।

स्वास्थ्य बीमाका लागि बोर्डमा बार्षिक रुपमा १७ अर्ब ३२ करोड ८७ लाख ५७ हजार रुपैयाँ बजेट रहेकोमा चालु आ.व.को चैत १५ भित्र ५२ प्रतिशत अर्थात ९ अर्ब ९७ लाख ३१ ह्जार रुपैयाँ खर्च भइसकेको छ । तर हालसम्म बोर्डमा ९ अर्ब १५ करोड २१ लाख ९९ हजार ७५९ रुपैयाँ योगदान रकम संकलन भइसकेको छ । बोर्डले हालसम्म सेवा प्रदायक स्वास्थ्य संस्थालाई कुल ३३ अर्ब ६५ करोड ४४ लाख ११ हजार ९७५ रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ ।

बोर्डले विभिन्न वर्गलाई लक्षित गरेअनुरुप हाल ४ लाख ९८ हजार ७२२ जना अति गरिब, ७ लाख ७७ हजार ८१६ जेष्ठ नागरिक ३२ हजार ५३० एचआईभी संक्रमित, १ लाख २२ हजार १५४ अति अशक्त अपाङ्ग, ३ हजार १७ क्षयरोग बिरामी, १ लाख ९ हजार ६०७ महिला स्वास्थ्य स्वयमसेविका बीमितको रुपमा जोडिएका छन् । बोर्डले विपन्न कार्यक्रम अन्तर्गत बार्षिक रुपमा २ अर्ब ४७ करोड ८१ लख रुपैयाँ बजेट बिनियोज गर्दै आएको छ । हाल यस शिर्षकमा १ अर्ब ९१ करोड ७५ लाख १९ हजार ९९५ रुपैयाँ खर्च भइसकेको बोर्डले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS