IME Life
Beema Board

एक साता मात्रै बाँकी हुँदा ३० प्रतिशत अभिकर्ताले गरे नविकरण, कुन बीमा कम्पनीको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । अभिकर्ता नविकरणको लागि एक साता मात्रै बाँकी हुँदा हालसम्म ३० प्रतिशतले मात्रै लाइसेन्स नविकरण गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार आजसम्म १७ वटा जीवन बीमा कम्पनीबाट ६५ हजार ७८७ जना अभिकर्ताले मात्रै लाइसेन्स नविकरण गरेका छन् ।

बीमा ऐन अनुसार यहि चैत मसान्त भित्रमा अभिकर्ता लाइसेन्स नविकरण गरिसक्नु पर्नेछ । बैशाख एक गतेदेखि हर्जना तिर्नु पर्ने भएकाले समयमै नविकरण शुल्क बुझाएर नविकरण गरिसक्न प्राधिकरणले सबैलाई आह्वान गरेको छ ।

Prabhu
Crest

गत कार्तिक महिनासम्ममा कायम २ लाख १८ हजार ४३१ जनाले लाइसेन्स नविकरण गर्नु पर्नेछ । गत कार्तिक २२ गते भन्दा पछाडी लाइसेन्स लिएका अभिकर्ताले भने अवको तीन वर्षसम्म लाइसेन्स नविकरण गराउनु पर्ने छैन ।

गत चैत दोस्रो सातासम्ममा जम्मा १२ प्रतिशतले मात्रै लाइसेन्स नविकरण गराए पछि प्राधिकरणले सम्पुर्ण बीमा कम्पनीहरुलाई बोलाएर स्पष्टिकरण लिएको थियो । कम्पनीहरुलाई प्रतिवद्धता समेत माग गरिएको थियो तर प्रतिवद्धता अनुसार खासै प्रगति भएको देखिएन ।

जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै नेशनल लाइफले आफ्ना ४५.४८ प्रतिशत अभिकर्ताको लाइसेन्स नविकरण गराएको छ । कम्पनीको ९ हजार ५५६ जना मध्ये ४ हजार ३४६ जनाको लाइसेन्स नविकरण भएको छ ।

त्यस्तै संख्याका हिसावले सबैभन्दा धेरै नेपाल लाइफको ११ हजार ३३५ जना अभिकर्ताको लाइसेन्स नविकरण भएको छ । कम्पनीबाट ३८ हजार ४०४ जना अभिकर्ताले लइसेन्स नविकरण गराउनु पर्नेछ । सिटिजन लाइफले २१ हजार ६१० जना अभिकर्ता मध्ये ९ हजार ७० जना अभिकर्ताको लाइसेन्स नविकरण गराएको छ ।

सबैभन्दा कम अभिकर्ता राष्ट्रिय बीमा संस्थानका रहेका छन् । कम्पनीमा जम्मा २८१८ जना मात्रै अभिकर्ता छन् । उनिहरु मध्ये हालसम्म ७९२ जनाले मात्रै नविकरण गराएका छन् ।

अन्य कम्पनीहरु क्रमश सुर्यज्योति लाइफमा ८ हजार ४३१ जना, यूनियन लाइफ ६ हजार ७८१ जना, आइएमई लाइफ ४ हजार १८९ जना, सानिमा रिलायन्स ३ हजार १८५ जना, एलआइसी नेपाल २ हजार ४४९ जना, एशियन लाइफ ३ हजार ६६१ जना, मेट लइफ एक हजार ४३१ जना, प्राइम लाइफ एक हजार १३ जना, सन नेपाल २ हजार ३४६ जना, रिलायबल नेपाल एक हजार २८४ जना, प्रभु लाइफ २ हजार ५५ जना, गुराँस लाइफ एक हजार ४४६ जना र महालक्ष्मी लाइफ एक हजार ९६४ जनाले लाइसेन्स नविकरण गराएका छन् ।

यसरी गर्न सकिन्छ नविकरण

नविकरणका लागि नेपाल बीमा प्राधिकरणको वेवसाइट खोल्नु पर्नेछ । जसमा ‘इ-सर्भिस’ आइकनमा क्लिक गरेर ‘अनलाइन पेमेन्ट सर्भेयर/एजेन्स’ आइकनमा क्लिक गर्नु पर्नेछ । बीमा अभिकर्ताको नविकरणको लागि अभिकर्ता ईजाजतपत्र डुब्लीकेशन (एक भन्दा बढि बीमकमा आबद्ध) भए/नभएको विवरण हेर्न दिइएको लिन्कमा गई तोकिए बमोजिमको विवरण भर्नु पर्छ ।

जसमा सबैभन्दा पहिला बीमकको प्रकार अन्तर्गत जीवन र निर्जीवन कुन हो छुट्याउनु पर्छ । त्यस्तै लाइसेन्सको प्रकारमा व्यक्तिगत या संस्थागत कुन हो चयन गर्नु पर्नेछ । यस सँगै प्यान नम्बर भर्नु पर्नेछ । यि तीन वटा विवरण भर्ने वित्तीकै तपाईले कुन कुन बीमा कम्पनीबाट अभिकर्ता लाइसेन्स लिनु भएको छ त्यो सबै देखिनेछ ।

आफुले यस अगाडी अभिकर्ताको लाइसेन्स लिएको मध्ये कुनै एउटा कम्पनी मात्रै छनोट गर्न पाइनेछ । तर एउटा मात्रै कम्पनीको अभिकर्ता भएमा सिधै नविकरण गर्न सकिन्छ । दुई वा सो भन्दा बढि कम्पनी मध्येबाट एक कम्पनी चयन गर्दा स्वघोषणा गर्न मिल्ने बनाइएको छ । स्वघोषणामा, बीमा ऐन २०७९ को दफा ९१(७) को व्यवस्था बमोजिम मैले माथि उल्लेख गरे बमोजिमको बीमक छानेको स्वघोषणा गर्दछु ।

यो सबै पढेर ‘प्रोसिड’मा क्लिक गर्ने वित्तीकै तपाई, के तपाई यो कम्पनीलाई निरन्तरता लिन चाहनु हुन्छ भन्दै’ प्रश्न गरिन्छ । जसमा एस वा क्यान्सिल बटम क्लिक गर्नु पर्ने हुन्छ । क्यान्सिलमा क्लिक गर्नु भयो भने प्रकृयाँ यहि बन्द हुन्छ र ‘यस’ भन्नु भयो भने प्रकृयाँ अगाडी बढ्छ ।

तपाईले आफ्नो मोबाइलमा ओटिपि ‘वन टाइम पासवर्ड’ पाउनु हुनेछ । मोबाइलमा प्राप्त भएको ओटीपी पासवर्डलाई हाल्ने वित्तीकै उक्त कम्पनी छनोट गरिएको आधिकारिता प्रमाणत भएको मानिन्छ । यस्तो पासपोर्ट सम्बन्धित अभिकर्ताले दिनमा दुई पटक मात्रै प्राप्त गर्नेछन् । यसरी एक पटक पासपोर्ट प्राप्त भएको १० मिनेटसम्म अर्को पासपोर्टको लागि आग्रह गर्न पाइने छैन ।

यदि एउटा मात्रै बीमा कम्पनीमा अभिकर्ता लाइसेन्स छ भने यस्तो प्रकृयाँ पुरा गर्नु पर्ने छैन । यसरी कम्पनी छनोट भए पछि अभिकर्ताले आफ्नो लाइसेन्स नम्बर र आफ्नो लाइसेन्स नम्बर जारी गरिएको मिति टिप्नु पर्नेछ । लाइसेन्स जारी गरिएको मिति अंग्रेजी मिति टिप्नु पर्छ ।

यसरी कम्पनी छनोट भइसके पछि अभिकर्ताले नविकल शुल्क भुक्तानीका लागि आफु सँग भएको भुक्तानी सेवा प्रदायक छनोट गर्नु पर्नेछ । अभिकर्ता नविकरण शुल्क भुक्तानीका लागि नेपाल बीमा प्राधिकरणले कनेक्ट आइपिएस, इसेवा, प्रभु पे, सेल पे, आइएमई पे र खल्ती रहेका छन् । यिनिहरु मध्ये कुनै एक छनोट गर्नु पर्छ ।

नविकरण शुल्क २०० रुपैयाँ भुक्तानी गरिएको विवरण सुरक्षित राख्नु पर्नेछ । अभिकर्ता इजाजतपत्र नवीकरणको लागि प्राप्त भएको निवेदन बीमकको IRMIS system  मार्फत प्राधिकरणमा सिफारिस भई आए पछि प्राधिकरणबाट Approve भए पछि नविकरण कार्य पुरा हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS