IME Life

पेशागत बीमा अभिकर्ता संघकाे दाेश्राे महाधिवेशन शुरू

SPIL
NIC ASIA

काठमाण्डाै‌ । पेशागत बीमा अभिकर्ता स‌ंघ नेपालकाे दाेश्राे राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि बसुन्धरास्थित दियालाे फुड ल्याण्डमा शुरू भएकाे छ। स्वराेजगार सुरक्षा र समृद्धिकाे आधार, आम नेपालीकाे माझ बीमाकाे बिस्तार मूल नारा सहित यस वर्षकाे महाधिवेशन आयाेजना गरिएकाे छ।

महाधिवेशनमा देशभरबाट जीवन र निर्जीवन बीमा कम्पनीका अभिकर्ता नेताहरुकाे सहभागीता रहेकाे छ। सात वर्षपछि महाधिवेशन आयाेजना हुँदैछ। महाधिवेशनमा कार्य समितिकाे तर्फबाट काेषाध्यक्ष विजय कर्णले पेश गर्नु भएकाे वित्तीय विवरणमा करयाेग्य आयवापत नेपाल सरकारलाई ५ हजार ७ सय ६५ रुपैयाँ २८ पैसा कर तिर्न बाँकी रहेकाे देखाइएकाे छ।

Prabhu
Crest

गैर नाफामूलक स‌ंस्थाकाे हैसियतमा गठन भएपनि पेशागत अभिकर्ता संघले समयमै वित्तीय प्रतिवेदन तयार पारेर अध्यावधिक गर्ने र कर छुटकाे प्रमाण पत्र लिने कार्य नगर्दा कर तिर्नुपर्ने अवस्था आएकाे हाे । स‌ंघका अध्यक्ष नन्द प्रसाद तिवारीले संघले कर तिर्नु नपर्ने भएपनि कर छुटकाे प्रमाण पत्र नलिएकाले कर तिर्नुपर्ने दायीत्व देखिएकाे स्वीकारे ।

महाधिवेशनमा प्रस्ताव पेश गर्दै महासचिव केदारनाथ अधिकारीले पेशागत अभिकर्ताहरूकाे तर्फबाट प्राप्त सुझाव समेट्दै सरकारले अभिकर्ता कमिशनमा लिंदै आएकाे करयाेग्य आयवापतकाे १५ प्रतिशत करकाे दरलाई ब्याज आम्दानीमा लाग्ने कर सरह ५ प्रतिशतमा सीमित गर्नका लागी सरकार समक्ष माग गर्नुपर्ने बताए । उनले अभिकर्ताले प्राप्त गर्ने आम्दानीकाे आधारमा अग्रिम सापटी सम्बन्धी सुविधा नेपाल बीमा प्राधिकरणले खारेज गरेकाेमा पुनः लागू गर्नका लागी संघकाे तर्फबाट प्राधिकरणलाई दबाब दिनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

यसैगरी सकृय अभिकर्ताकाे तुलनामा संघमा आबद्ध अभिकर्ताकाे स‌ंख्या न्यून भएकाले संगठन बिस्तारका लागी विशेष पहल गर्नुपर्ने र सदस्यता नविकरणका लागी अनलाइन माध्यम प्रयाेगमा ल्याउनुपर्ने सुझाव समेत महाधिवेशनमा पेश गरेका छन् ।

साथै उनले संघकाे सचिवालय व्यवस्थित नहुँदा महत्वपूर्ण दस्तावेजहरूकाे संरक्षणमा चुनाैती देखिएकाे भन्दै सचिवालय स्थापनाका लागी सुझाव पेश गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS