IME Life
Beema Board

फागुनमा एक अर्ब ८ करोडको सरेण्डर, संकट टार्न सरेण्डर गर्न खोज्दै हुनुहुन्छ ? यसरी हुनेछ ठुलो घाटा

SPIL
NIC ASIA

काठमाडौं । फागुन महिनामा जीवन बीमा कम्पनीमा नयाँ व्यवसायको तुलनामा ६५ प्रतिशत व्यवसाय सरेण्डर भएको छ । बीमा कम्पनीहरुले लघु बीमा र वैदेशिक म्यादी जीवन बीमा बाहेक आर्जन गरेको कुल सावधिक जीवन बीमाको तुलनामा सरेण्डरको हिस्सा ६५ प्रतिशत नाघेको हो । अर्थात वैदेशिक रोजगार जीवन बीमा र लघु बीमालेख घटाउदा बीमा कम्पनीहरुले एक अर्ब ६६ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यहि अवधिमा १८ कम्पनीमा एक अर्ब ८ करोडको सरेण्डर भएको छ ।

फागुन महिनामा ८ हजार ३९३ जनाले एक अर्ब ८ करोड रुपैयाँको सरेण्डर गरेका हुन्। नेपाल बीमा प्राधिकरणका अनुसार गत माघ महिनाको तुलनामा फागुनमा सरेण्डर संख्या र रकम दुबै घटेको छ । गत माघ एक महिनामा ९ हजार ८३९ जनाले एक अर्ब ३२ करोड बराबरको सरेण्डर गरेका थिए ।

Prabhu
Crest

आर्थिक संकटले चरम रुप लिदा बीमितहरुले सरेण्डर गरिरहेको बीमा कम्पनीहरु बताउछन् । बीमा कम्पनीहरुमा सकेसम्म बीमालेख धितोकर्जा लिने र त्यसले पनि धान्न नसकेमा सरेण्डर नै गराउने क्रम बढेको छ । संकटको समयमा मानिसहरुले आफु सँग भएको सम्पत्ती मध्ये जुन सम्पत्तीलाई सहजै लिक्वीड गर्न सकिन्छ त्यहि सम्पत्ती बिक्री गर्ने गर्छन् ।

अहिले घरजग्गा बिक्री हुँदैन । कसैले पनि घटेर घरजग्गा बिक्री गर्न चाहैन । यसका लागि उसले अनेकौ उपाय लगाउने गर्छ । यदि आफु सँग दोस्रो बजारमा सूचिकृत कम्पनीको शेयर छ भने सबैभन्दा पहिला त्यहि शेयर बिक्री गर्छ । त्यतिले पनि नपुग्ने अवस्थामा बीमालेख बिक्री गर्छन् । बीमालेख सजिलै सरेण्डर हुने भएकाले पनि आम मानिसको पैसा जुटाउने माध्यम बनिरहेको छ ।

यसले गर्दा सरेण्डरको संख्या बढिरहेको छ । अहिले जुनसुकै बीमा कम्पनीहरुमा बीमालेख सरेण्डरका लागि चासोका साथ सोधपुछ गर्नेको संख्या ह्वात्तै बढेको छ । बीमा कम्पनीहरुले सकेसम्म बीमालेख सरेण्डर नगर्न सुझाउने गरेका छन् । उनिहरुले मिलेसम्म बीमालेख धितोमा राखेर कर्जा प्रवाह गर्छन् । कतिपय कम्पनीहरुले पोलिसीमा भएको फिचर अनुसार बीमाङ्क रकम घटाएर पनि पोलिसीलाई निरन्तरता दिन सुझाउने गरेका छन् । एकातिर आर्थिक अभाव अर्को तर्फ नविकरण बीमा शुल्क भुक्तानी गर्नु पर्ने बाध्यात्मक अवस्थाले पनि कतिपय बीमित अवस्तवमै समस्यामा देखिने गरेका छन् ।

सरेण्डर बीमितका लागि फाइदाजनक छैन । बीमा कम्पनीहरुले प्रदान गर्ने सरेण्डर भ्यालुमा बीमा अभिकर्ताले लिएको कमिशनलाई समेत खर्चको रुपमा कटौती गरेका हुन्छन् । साथै कतिपय अवस्थामा बीमितले कम्पनीमा बुझाएको बीमा शुल्क जति पनि सरेण्डर रकम प्राप्त गर्न सक्दैनन् ।

सरेण्डर गर्दा अर्को घाटा बीमितको रक्षावरण हुँदैन । यदि अहिलेको संकट टार्न बीमितले पोलिसी सरेण्डर गर्यो र आगामी वर्ष त्यहि पोलिसी खरिद गर्न चाह्यो भने त्यो धेरै महंगो पर्न जान्छ । किनकी जति धेरै उमेरमा बीमा पोलिसी खरिद गर्यो बीमा शुल्क त्यहि अनुपातमा धेरै पर्न जान्छ । यसले गर्दा त्यहि पोलिसी ५ वर्ष अगाडी लिनु र ५ वर्ष पछाडी खरिद गर्दा धेरै फरक पर्न जान्छ ।

एउटा बीमितले पोलिसी सरेण्डर गर्नु भनेको बीमा पोलिसीको भ्यालु पनि सरेण्डर गर्नु हो । यदि अहिलेको संकट समाधान गर्न सक्यो भने आगामी वर्षदेखि बीमा शुल्क भुक्तानी गर्न सकिन्छ । जसले गर्दा आगामी वर्षमा नयाँ पोलिसी खरिद गरिरहनु पर्दैन । जुन बीमित आफैलाई सबैभन्दा लाभदायक हुन्छ ।

अहिले पोलिसी सरेण्डर गर्दा अर्को वर्ष आयकरमा पाउने छुट सुविधा पाउन सकिदैन । आयकरको छुट पाउन पुनः बीमा पोलिसी खरिद गर्नु पर्यो भने बीमितका लागि धेरै खर्चिलो पर्न जान्छ ।

फागुन महिनामा सर्वाधिक धेरै नेपाल लाइफमा ३४ करोड २० लाख रुपैयाँको सरेण्डर भएको छ । जवकी कम्पनीले यहि महिनामा ४४ करोड ६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । वैदेशिक रोजगार बीमालेखबाट आर्जन भएको बीमा शुल्कलाई घटाउने हो भने सरेण्डरको हिस्सा ९२ प्रतिशत हुन्छ । यसरी फागुन महिनामा नेपाल लाइफमा बीमा शुल्क भित्रिने भन्दा पनि बाहिरिने क्रम धेरै देखिएको छ । जुन कम्पनीका लागि धेरै नै हानिकारक छ । एकातिर सरेण्डर अर्को तर्फ प्रथम बीमा शुल्क आर्जनमा लगातार गिरावटले कम्पनी खोक्रो हुँदै गइरहेको छ ।

दोस्रो धेरै सेण्डर एलआइसी नेपालमा १५ करोड ७३ लाख रुपैयाँको भएको छ । यस कम्पनीमा प्रथम बीमा शुल्क आर्जन भन्द सरेण्डर रकम धेरै माथि छ । राष्ट्रिय बीमा संस्थानमा सरेण्डर रकम भन्दा प्रथम बीमा शुल्क आर्जन चार गुणाले कम छ । यस पटक गुराँस लाइफले सरेण्डरमा सुधार गरेको छ । सर्वाधिक सरेण्डर सिटिजन लाइफमा देख्न सकिन्छ । सिटिजन लाइफले बीमितलाई नियमित रुपमा काउन्सिल गर्दै सरेण्डरको वैकल्पिक सुविधाका रुपमा बीमालेख धितोकर्जामा फोकस गराउदै आएको छ । कम्पनीले नविकरण बीमा लेख र सरेण्डरमा धेरै नै व्यवस्थापन गर्दै आइरहेको छ ।

सरेण्डर रकम र प्रथम बीमा शुल्क आर्जन

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS