IME Life
Beema Board

एकै दिन ६ अर्बले निक्षेप बढ्दा ३ अर्बले कर्जा घट्यो, सिडी कति ?

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरूमा एकै दिन ६ अर्बले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार वाणिज्य बैंकमा एकै दिन ५ अर्बले र वाणिज्य बैंक बाहेकका अन्य बैंक तथा वित्तीय सस्थामा १ अर्बले निक्षेप वृद्धि हुँदा समस्त बैंकिङ प्रणालीमा ६ अर्बले निक्षेप वृद्धि भएको हो ।

चैत २० गते बैंकिङ प्रणालीमा ५४ खर्ब २४ अर्ब निक्षेप रहेकोमा अर्को दिन अर्थात् चैत २१ गते निक्षेप बढेर ५४ खर्ब ३० अर्ब पुगेको छ । कुल निक्षेपमा वाणिज्य बैंकले संकलन गरेको निक्षेप ४७ खर्ब ८९ अर्ब रहेको छ ।

Prabhu
Crest

त्यस्तै कर्जा प्रवाह घटेको छ । एक दिनको अवधिमा कर्जा प्रवाह ३ अर्बले घट्दै ४८ खर्ब २२ अर्ब पुगेको छ जसमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जा ४२ खर्ब ७८ अर्ब रहेको छ । ३ अर्ब कर्जा वाणिज्य बैंकमा घटेको हो ।

कर्जा घटेको र निक्षेप आकर्षक वृद्धि हुँदा सिडी रेसियो ८५ दशमलव ४३ प्रतिशतमा झरेको छ । अघिल्लो दिन सिडी रेसियो ८५ दशमलव ६३ प्रतिशत थियो । केही समय देखि बैंकले कर्जा प्रवाह कम गर्दा र निक्षेप निरन्तर वृद्धि हुँदा सिडी रेसियो सहज हुँदै आएको छ।  सिडी रेसियो कम हुनुले बैंकमा तरलता बढ्दै गएको संकेत गर्छ । तरलता वृद्धि हुँदा बैंकलाई ब्याज घटाउन सहयोग पुग्छ ।

अन्तर बैंक ब्याजदर ७ प्रतिशत छ । अघिल्लो दिन ७ दशमलव ०२ प्रतिशत छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

18%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS