IME Life
Beema Board

एकै दिनमा १० अर्बले बढ्यो निक्षेप, कति पुग्यो सिडी रेसियो ?

SPIL
NIC ASIA

काठमाडौं । बैंक तथा वित्तीय सस्थाहरुमा एकै दिन १० अर्बले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार वाणिज्य बैंकमा एकै दिनमा १० अर्बले निक्षेप वृद्धि हुँदा समस्त बैंकिङ प्रणालीमा १० अर्बले निक्षेप वृद्धि भएको हो । चैत १६ गते बैंकिङ प्रणालीमा ५४ खर्ब १५ अर्ब निक्षेप रहेकोमा अर्को दिन अर्थात् चैत १७ गते निक्षेप बढेर ५४ खर्ब २५ अर्ब पुगेको छ । कुल निक्षेपमा वाणिज्य बैंकले संकलन गरेको निक्षेप ४७ खर्ब ८५ अर्ब रहेको छ ।

त्यस्तै कर्जा प्रवाह पनि सामान्य वृद्धि भएको छ। एक दिनको अवधिमा कर्जा प्रवाह २ अर्बले वृद्धि हुँदै ४८ खर्ब २० अर्ब पुगेको छ जसमा वाणिज्य बैंकहरुले प्रवाह गरेको कर्जा ४२ खर्ब ७६ अर्ब रहेको छ ।

Prabhu
Crest

कर्जा वृद्धिको तुलनामा निक्षेप धेरैले वृद्धि हुँदा सिडी रेसियो ८५ दशमलव ५४ प्रतिशतमा झरेको छ । अघिल्लो दिन सिडी रेसियो ८५ दशमलव ६६ प्रतिशत थियो । केही समय देखि बैंकले कर्जा प्रवाह कम गर्दा र निक्षेप निरन्तर वृद्धि हुँदा सिडी रेसियो सहज हुँदै आएको छ।  सिडी रेसियो कम हुनुले बैंकमा तरलता बढ्दै गएको संकेत गर्छ । तरलता वृद्धि हुँदा बैंकलाई ब्याज घटाउन सहयोग पुग्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

0%

दु :खी

18%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS