IME Life
Beema Board

बजार पुनः १९०० भन्दा तलको विन्दुमा, कहाँ निर पाइएला सपोर्ट? (आजको फ्लोरसिट सहित)

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा आज २० अंकको गिरावट देखिएको छ । नेप्से १ दशमलव ०५ प्रतिशतले घट्दा बजार १८८८ दशमलव ५५ विन्दुमा बन्द भएको छ । आज ब्रोकर नम्बर ५८ बाट सर्वाधिक कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट १७ करोड ५८ लाख बराबरको कारोबार भएको छ । सो ब्रोकरबाट ५ करोड ७६ लाख बराबरको खरिद हुँदा ११ करोड ८२ लाख बराबरको विक्री भएको छ । ब्रोकर नम्बर ५८ बाट खरिदको तुलनामा ६ करोड ०६ लाख धेरै विक्री भएको छ ।
त्यस्तै आज दोश्रोमा ब्रोकर नम्बर ४९ ले सर्वाधिक कारोबार गरेको छ । ब्रोकर नम्बर ४९ बाट ५ करोड ८८ लाखको खरिद हुँदा ९ करोड ८६ लाख बराबरको विक्री भएको छ । ब्रोकर नम्बर ४९ बाट खरिदको तुलनामा ३ करोड ९८ लाख धेरै विक्री भएको छ ।

आज शिर्ष कारोबार गर्ने ५ ब्रोकरमध्ये चौथो र पाचौं स्थानमा रहेको ब्रोकर नम्बर ३४ र ३८ बाट विक्रीको तुलनामा धेरै खरिद भएको छ । ब्रोकर नम्बर ३४ बाट ४ करोड ६३ लाख बराबरको खरिद हुँदा ३ करोड ८६ लाख बराबरको विक्री भएको छ त्यस्तै ब्रोकर नम्बर ३८ बाट ४ करोड ८३ लाख बराबरको खरिद हुँदा ३ करोड ३४ लाख बराबरको विक्री भएको छ ।

Prabhu
Crest

बजारको सपोर्ट क्षेत्र १८६० को क्षेत्र तिर रहेको छ भने बजार केही दिन अघि पनि १९०० तल बन्द भए पश्चात सोही क्षेत्रबाट माथि फर्किएको थियो । बजारले मनोवैज्ञानिक सपोर्ट दिन राम्रो कारोबार रकम सहित बजार १९०० माथि बस्नु पर्ने देखिएको छ । बजार १८६० को क्षेत्र भन्दा पनि तल गएमा १८०० को क्षेत्रमा बलियो सपोर्ट पाउने सम्भावना छ । ५ कारोबर दिन अघि पनि बजारले १८८८ को विन्दुमा नै बन्द भएको थियो । १८८८ भनेको  ३२०० भन्दा अघिको बुलको ईण्ट्राडेको उच्चतम विन्दुपनि थियो ।

चार्ट श्रोत : नेप्से अल्फा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS