काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले समयमै ऋण तिर्न ऋणीहरुलाई आग्रह गरेको छ । लघुवित्तले तोकेको समयमा ऋण नतिरेका अवस्थामा तीन पुस्ते नाम सार्वजनिक गरी लिलामी प्रक्रिया अघि बढाइने जनाएको छ ।
लघुवित्तको विभन्न शाखा कार्यालयबाट सामूहिक जमानीमा आधारित विना धितो कर्जा तथा धितो सुरक्षणका आधारमा विभिन्न शीर्षकमा कर्जा लिएका ऋणी सदस्यहरुले कर्जाको सावाँ, ब्याज रकम निर्धारित समयभित्र भुक्तानी नगरेको र भुक्तान गर्न पटक पटक लिखित रुपमै ताकेता गर्दा समेत वेवास्ता गरिएकोले अविलम्ब नियमित किस्ता तिर्न अनुरोध गरेको छ । यदि किस्ता नबुझाएको खण्डमा प्रचलित कानून बमोजिम कर्जा असुलिका लागि प्रक्रिया अघि बढाइने लघुवित्तले जनाएको छ ।
यस सूचना प्रकाशन भएपश्चात पनि ऋणीले वेवास्ता गरेका तीन पुस्ते विवरण सहित पत्रिकामा प्रकाशित गरी सुरक्षणमा रहेको धितोको लिलामी प्रक्रिया सुरु गरिने समेत लघुविले जनाएको छ ।