काठमाडौं । प्युजो र सिट्रोनको आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडले विक्री गर्दै आएको गाडीहरु खरिदमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्स बीच आज व्यवसायी सम्झौता भएको छ । सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकबाट सहजै कर्जा लिन सक्नेछन् ।
दुई संस्था बीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रीला मोटोर्स प्रा.लि.को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछि प्युजो र सिट्रोनले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने छ ।
सम्झौता अनुसार योजना सबै एभरेष्ट बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुने बैंकले जनाएको छ। कम्पनीका अनुसार यस योजना सांग्रीला मोटोर्स प्राइभेट लिमिटेडको आधिकारिक ब्रिक्रेता र एभरेष्ट बैंकका सबै शाखाहरुबाट नेपाल भरी लागु हुने जनाएको छ।