IME Life
Beema Board

दुई लघुवित्तको साधारण सभा आज हुँदै, लाभांश सहित यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । आज सोमवार अर्थात् फागुन २९ गते दुई कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । आज लक्ष्मी लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाले साधारण सभा आयोजना गर्ने भएका हुन् ।

सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा सोमवार बोगनभिल्ला इभेन्ट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जनाएको हो । सभामा ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गरिनेछ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात, मिति २०७८साउन १ गतेदेखि २०७९ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै

कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, स्वतन्त्र सञ्चालक नियुक्त गरिएको जानकारी गर्ने, हाल कायम रहेको पूँजी संरचनामा संस्थापक सेयरधनीको तर्फ ६० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फ ४० प्रतिशत स्वामित्व रहेकोमा सो सेयर स्वामित्वमा परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फ कम्तीमा ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फ ४९ प्रतिशत कायम गर्ने र सञ्चालक समितिमा सेयर स्वामित्व अनुरूप प्रतिनिधित्व व्यवस्था गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीका केही दफा तथा नियमहरुमा थप र संशोधन सम्बन्धी विशेष प्रस्ताव उपर छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा संशोधन वा समायोजनका लागि निर्देशन वा सुझाव आएमा सोही अनुरुप गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनी ऐन, २०६३ को दफा १०५ मा भएको व्यवस्था बमोजिम संस्थाले आफ्नो नियमित व्यावसायिक कारोबारको सिलसिलामा आफ्नो चुक्ता पूँजी र सञ्चित मुनाफाको जम्मा रकम भन्दा बढी हुने गरी कुनै पब्लिक कम्पनी वा बैंक वा वित्तीय संस्थाबाट ऋण लिन सक्ने अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १४ गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

त्यस्तै लक्ष्मी लघुवित्तले ११औं वार्षिक साधारण सभा अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जनाएको छ । सभाले १५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्तावउपर छलफल गर्नेछ ।

सभाले एघारौ वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असार मसान्तको बासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभाले उल्लेखित बोनश शेयर जारी गर्नका लागि आवश्यक हद सम्म अधिकृत, जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने, बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम यस वित्तीय संस्थामा रहेको लक्ष्मी बैंकको संस्थापक शेयरलाई सर्वसाधारण शेयर समूहमा परिणत गर्ने, संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव र सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रवन्धपत्र तथा नियमावलीमा अन्य संशोधन पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुवाट कुनै फेरवदल वा सुझाव आएमा आवश्यक संशोधन समायोजन गर्न संस्थाको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभामा लक्ष्मी लघुवित्त वित्तीय संस्थाले अन्य ईजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्वन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई दिईएको अख्तियारीलाई निरन्तरता दिने लगायतका प्रस्तावहरु अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १७ गते बुक क्लोज गरिसकेको छ । यसको आधारमा फागुन १६ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS