IME Life
Beema Board

लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA

काठमाडौं । एनएलजी इन्स्योरेन्सले १७औं वार्षिक साधारण सभा चैत्र २० गते गर्ने भएको छ । कम्पनकिो फागुन २५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको छ । उक्त सभा काठमाडौंको आम्रपाली ब्यान्क्वेटमा आयोजना गर्ने जनाउको छ ।

कम्पनीले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट पेश हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८र०७९ को नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा, कम्पनीको अधिकृत पूँजी १.५० अर्बबाट बृद्धि गरी ३ अर्ब पुयाउने, यस सभामा प्रस्तावित बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्तापुँजी बृद्धि भई १,४५,९२,७५,७९१ पुग्ने हुँदा सोही अनुसार जारी तथा चुक्तापुँजी प्रबन्धपत्रको दफा ५ (क) (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (क) (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्नेछ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने , सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियूक्ती अनुमोदन गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र १२ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

1678364497846

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS