IME Life
Beema Board

कर्जाको व्याजदर एक प्रतिशतले घट्यो, आधार व्याजदरको अधिकतम ५ प्रतिशत मात्रै

SPIL
NIC ASIA

काठमाडौं । बैंकहरुले यहि चैत एक गतेदेखि एक प्रतिशतले कर्जाको व्याजदर एक प्रतिशतले घटाउने भएका छन् । बैंकर्स संघले यहि चैत एक गतेदेखि एक प्रतिशतले व्याजदर घटाउने भद्र सहमति गरेको छ । हाल लागू ब्याजदरमा साधारण बचतको ०.४ प्रतिशतले र कर्जाको प्रिमियममा १ प्रतिशतले घटाउने निर्णय गरेको हो ।

संघले यहि चैत एक गतेदेखि वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिन पउने छन् । यसअघिसम्म संघले साधारण बचतमा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ८.४२ प्रतिशतसम्म ब्याजदर दिने सहमति गरेको थियो । आगामी चैतमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा ११.४१ प्रतिशत ब्याज दिनेछन् ।

Prabhu
Crest

ब्याजदरको सहमतिमा संघले कर्जाको ब्याजदर समेत घटाउने निर्णय गरेको छ । संघले प्रिमियमदर घटाउँदै कर्जाको ब्याजदर घटाउने निर्णय गरेको हो । हालसम्म वाणिज्य बैंकहरुले अधिकतम ६ प्रतिशतसम्म प्रिमियम लिने सहमति गरेका थिए । जसलाई १ प्रतिशतले घटाएर चैत १ गतेदेखि बेसरेटमा अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्न पाउनेछन् ।

बैंक तथा वित्तीय संस्थाको कर्जाको व्याजदर उच्च भएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । चौतर्फी विरोध पछि बैंकहरु व्याजदर घटाउने अवस्थामा आइपुगेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS